काठमाडौंः नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँले बढ्दै सुनको मूल्य हालसम्मकै उच्च कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख २३ हजार रुपैयाँ पुगेको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो । सोमबार सुनको प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि गत पुस १२ गते सुनले नयाँ मूल्य कायम गरेको थियो । त्यतिबेला सुन १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया