असार २५, २०८२ बुधबार July 9, 2025

राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता होस् : राष्ट्रपति

महिलाको हक, अधिकार, समानता, सशक्तीकरणका साथै थप ऊर्जा र उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २५ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले आज जारी गर्नुभएको शुभकामना सन्देशमा महिलाको हक, अधिकार, समानता, सशक्तीकरणका साथै थप ऊर्जा र उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको हो ।

सन्देशमा भनिएको छ, “महिला सम्मानप्रति पूर्ण संवेदनशील भई कार्य गर्न प्रेरित गर्दै राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागितासहित सारभूत समानता कायम गरी लैङ्गिक समानतायुक्त राष्ट्र निर्माणमा क्रियाशील सम्पूर्ण सरकारी तथा गैरसरकारी संघ संस्था एवम् अधिकारकर्मीलाई थप उर्जा र उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु ।”

राष्ट्रपति पौडेलले उक्त अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक, अधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा कार्य गर्नुहुने सम्पूर्णमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

“परम्पराका नाममा समाजमा कायम रहेका खराब अभ्यासहरू जस्तै बोक्सी, छाउपडी, बालविवाह, दाइजो तथा तिलकजस्ता प्रथाले महिला, किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना निर्मूल गर्न अझै पनि थप कार्यक्रम तय गरी कार्यान्वयन गर्न जरूरी देखिन्छ”, शुभकामना सन्देशमा भनिएको छ, “महिला विरूद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आआफ्नो क्षेत्रबाट योगदान गर्न सबैमा आह्वान गर्दछु ।”

विश्वभरि विभिन्न क्षेत्रमा कार्य गर्ने महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिलाई स्मरण गर्दै महिलालाई सम्मान दिनुका साथै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने, महिलालाई शिक्षित र आत्मनिर्भर बनाउनेलगायतका उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आएको राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।

ष्ट्रपति पौडेलले जारी गर्नुभएको सन्देशमा भनिएको छ, “लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्ने महसुस गरेको छु ।”

महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष मार्च ८ तारिखलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाइन्छ । यसवर्ष अन्तर्राष्ट्रिय महिला दिवसका लागि संयुक्त राष्ट्र सङ्घबाट ‘महिलामाथि लगानी गरौँ ः प्रगतिलाई दु्रत गति प्रदान गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नारा तय भएको छ । ‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नाराका साथ यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार