असार ६, २०८३ शनिबार June 20, 2026

सांगठनिक पृष्ठभूमि केही नभए पनि राजनीतिमा आउन र स्थापित हुन महिलालाई सजिलो : नेकपा एस सचिव, रामकुमारी झाँक्री (अन्तवार्ता)

जातीय, क्षेत्रीय, समुदायगत, लैंगिक समावेशीकरणका क्षेत्रमा के–के न गरेजस्तो देखिए पनि यथार्थमा यो वर्गीय विभेद सम्बोधन गर्ने अस्त्र नै होइन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सरकारमा महिलाको प्रतिनिधित्वलाई कसरी हेर्नुभएको छ ?

हामीले अहिले जुन समावेशीकरण अपनाइरहेका छौँ, यसले जातीय, क्षेत्रीय, समुदायगत, लैंगिक समावेशीकरणका क्षेत्रमा के–के न गरेजस्तो देखिए पनि यथार्थमा यो वर्गीय विभेद सम्बोधन गर्ने अस्त्र नै होइन । यसले त केवल समावेशीरणको ‘कस्मेटिकीकरण’ मात्र गरिरहेको छ । यसले पुँजीवादभित्रको लोककल्याणकारी राज्य व्यवस्थामा सकभर धेरैलाई समेट्ने कोसिस गरे पनि यथार्थमा विभेद भने बाँकी नै रहन्छ । सरकारमा महिलाको प्रतिनिधित्वको सवाल पनि त्यही हो । संविधानले तोकेको अवस्थामा बाध्यतावश त्यो प्रतिशत या संख्या पुर्‍याउने र नतोकेको अवस्थामा समावेशीकरणको मर्मअनुसार केहीलाई समावेश गर्ने परम्परा सरकार निर्माणको समयमा पनि अवलम्बन गरिँदै आएको छ ।

नेपाली समाजमा महिलालाई राजनीतिमा आउन कति सहज छ ?

पहिले साहना प्रधानहरूको समयमा नेपाली महिला राजनीतिमा लाग्ने कल्पना पनि हुन्नथ्यो । तैपनि, उहाँहरू राजनीतिमा आउनुभयो । पञ्चायतमा पनि पुरुषहरूको साथ र सहयोगविना बाहिर निस्कनै कठिन थियो । ०४६ पछि पनि महिलाका लागि त्यति सहज थिएन । तैपनि, हाम्रो पुस्ता त्यतिखेरकै राजनीतिमा होमिएको हो । तर, अहिले भने अहिले समावेशीकरणका कारण राजनीतिक इतिहास, संलग्नता या सांगठनिक पृष्ठभूमि केही नभए पनि राजनीतिमा आउन र स्थापित हुन सजिलो भएको छ ।

विद्यार्थी राजनीति सुस्ताएको समयमा नेपाली महिलाको नयाँ पुस्ता राजनीतिमा आउने सम्भावना कति देख्नुहुन्छ ?

नेपाली राजनीतिमा आकर्षण नभएको र महिलाको उपस्थिति कमजोर भएको भन्ने होइन । अहिले राजनीतिप्रति झनै आकर्षण बढेको छ र महिलाको उपस्थिति पनि बढ्दै छ । तर, विद्यार्थी राजनीतिले आफ्नो एजेन्डा र भूमिका भुलेर प्रभावहीन भएको समयमा तलैदेखि खारिएर आउने पुस्ताको भने अभाव खड्किन सक्छ । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय स्वाभिमानविरुद्ध जाने शक्तिलाई एमालेमा स्थान छैन : महेश बस्नेत
२०८३ असार ६, शनिबार
संवाद, सहमति र लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन गर्छौँ : रास्वपा महामन्त्री, कविन्द्र बुर्लाकोटी (अन्तवार्ता)
२०८३ असार ६, शनिबार
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
२०८३ असार ६, शनिबार
रास्वपाको महाधिवेशन प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी
२०८३ असार ६, शनिबार
नेकपा नेता महरा सक्रिय राजनीतिबाट बिदा
२०८३ असार ६, शनिबार
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
२०८३ असार ६, शनिबार
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
२०८३ असार ६, शनिबार