जेठ ५, २०८१ शनिबार May 18, 2024

प्रतिनिधि सभा बैठक : सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित

संसद बैठक सोमबारसम्मका लागि स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनता समाजवादी पार्टी नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति प्रतिनिधि सभाबाट शोक प्रस्ताव पारित गरेको छ।

आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले उनको निधन भएको जानकारी गराउँदै शोक प्रस्ताव पारित गर्नका लागि प्रस्ताव राखेका थिए। उनको प्रस्ताव सर्वसम्मतीले पारित भएको छ । शोक प्रस्ताव पारित भएसँगै बैठक भोलिसम्मका लागि स्थगित भएको छ।

२०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधिसभा सदस्य रहेकी थिइन्। जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी थिइन्।

२०४६ सालको आन्दोलन देखि राजनीतिक यात्रा सुरुवात गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ साल देखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज रहेकी थिइन् । उनी हाल जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया