वैशाख ५, २०८१ बुधबार April 17, 2024

छोराले गरे बाबुको हत्या

आरोपी लालदेव बन्चरोसहित प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सप्तरीमा छोराले बाबुको हत्या गरेको घटना सार्वजनिक गरेको छ। सप्तरीको सप्तकोसी नगरपालिका-३ सखबनी नयाँ बस्तीका २२ वर्षीय लालदेब सदाले बन्चरो प्रहार गरी ४५ वर्षीय बुबा हिराई सदाको बुधबार हत्या गरेका हुन्।

बिहान ८ बजेतिर घरायसी विवादमा बन्चरो घाँटीमा प्रहार गर्दा हिराईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरी प्रवक्ता डुण्डिराज नेउपानेले जानकारी दिए।

आरोपी लालदेबले छिमेकी ६५ वर्षीय दसन सदालाई पनि बन्चरो प्रहार गरेका थिए। बन्चरो प्रहारले उनको टाउको र हातमा चोट लागेको छ। अहिले उनको फतेपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

आरोपी लालदेवलाई बन्चरोसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पाण्डेको भनाइ छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गण्डकी प्रदेशसभा अधिवेशन आव्हान
२०८१ वैशाख ६, बिहिबार
नासाले मंगल ग्रहका नमूनाहरू फिर्ता गर्न नयाँ डिजाइन खोज्ने
२०८१ वैशाख ६, बिहिबार
नेपाल र बंगलादेशबीच तेस्रो परराष्ट्र मन्त्रालय स्तरीय परामर्श बैठक काठमाडौंमा सम्पन्न
२०८१ वैशाख ६, बिहिबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
२०८१ वैशाख ६, बिहिबार
पाकिस्तानमा वर्षाजन्य दुर्घटनामा ७१ को मृत्यु, ६७ घाइते
२०८१ वैशाख ६, बिहिबार
सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखियो, यस्तो छ कारण
२०८१ वैशाख ५, बुधबार
गण्डकी प्रदेश अधिवेशन आव्हानप्रति कांग्रेसको आपत्ति
२०८१ वैशाख ५, बुधबार