श्रावण १२, २०८१ शनिबार July 27, 2024

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न भएको छ ।

छलफलका क्रममा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिनुहुँदै अर्थमन्त्री वर्षमान पुनले समाजवाद उन्मुख अर्थतन्त्र र सामाजिक प्रणालीको विकासका लागि केही ठोस आधार तयार हुने गरी आगामी बजेट तयार हुने बताउनुभयो ।

अर्थमन्त्री पुनले निवर्तमान अर्थमन्त्री प्रकाशशरण महतले संसद्मा प्रस्तुत गर्नुभएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता परिवर्तन नगरे पनि त्यसमा सांसदहरूको सुझावलाई समेटेर लैजाने बताउनुभयो ।

अर्थमन्त्री पुनले आगामी बजेट १६ औँ योजनाको सोच अनुसारको पहिलो वर्षको प्रमुख कार्यहरू गर्ने वर्ष हुने र संविधानमा उल्लेख भए अनुसारको समाजवाद उन्मुख अर्थतन्त्र र सामाजिक प्रणालीको विकासका लागि केही ठोस आधार तयार हुने पनि बताउनुभयो ।

अर्थमन्त्री पुनले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीहरू समाधान गर्न सरकारको न्यूनतम साझा कार्यक्रम तथा साझा सङ्कल्पको कार्यान्वयनमा बजेट केन्द्रित रहने उल्लेख गर्नुहुँदै यसले शिथिल अर्थतन्त्रलाई नयाँ गति दिई मिटरव्याज र लघुवित्त क्षेत्रमा देखिएका समस्या पनि समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

अर्थमन्त्री पुनले उत्पादन, उपभोग, लगानी र व्यापार व्यापार क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार गर्ने र निजी क्षेत्रलाई समेत विश्वासमा लिई आर्थिक क्रियाकलापलाई तीव्रता सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

यसअघि, प्रतिनिधिसभा आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी प्रकरणबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्नुपर्ने माग दोहोर्‍याएको थियो ।

बैठकको सुरुमा सांसद इशवारीदेवी न्यौपानेले सभामुख देवराज घिमिरेसँग समय माग गरी सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग दोहोर्‍याउनुभयो ।

यस्तै, बैठकमा सांसदहरुले देशका विभिन्न भागमा भइरहेको आगलागी र डढेलोबाट भइरहेको क्षतिबारे सरकारको ध्यानाकर्षण गराउँदै समयमा नै नियन्त्रणमा ध्यान दिन आग्रह गर्नुभयो ।

सांसदहरुले पछिल्लो समय बढिरहेको सडक दुर्घटना न्यनिकरण गर्न, घाइतेको उपचारमा प्रभावकारी व्यवस्था गर्न तथा पूर्वाधार निर्माणका योजनाहरू निर्धारित समयभित्र सम्पन्न गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै, राष्ट्रियसभाको आकस्मिक समयमा बोल्दै सांसदहरुले देशका विभिन्न स्थानमा भएका सडक दुर्घटनाका मृतकहरूलाई क्षतिपूर्ति र घाइतेहरूको तत्काल निःशुल्क उपचारको माग गर्नुभयो ।

सांसदहरुले बारम्बार यस्ता सडक दुर्घटना भइरहेको र मानिसको अकालमै ज्यान जाने अवस्थाको अन्त्य गर्न सरकार समयमै जोखिमपूर्ण सडक र सवारी साधनको अवस्थाको विषयमा गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

सांसदहरुले साँघुरो सडक, ट्राफिक जनशक्तिको कमी, पार्किङको अभाव, पुलहरू पुराना र सवारी साधनहरूको जर्जर अवस्थाका कारण बारम्बार सडक दुर्घटना भइरहेको भन्दै सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले तत्काल ठोस योजना बनाएर काम गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक यही चैत्र १८ गते आइतबार बिहान ११ः०० बजे  र राष्ट्रियसभाको अर्को बैठक चैत्र १५ बिहीबार दिउँसो सवा १ः०० बजे बस्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार