श्रावण १२, २०८१ शनिबार July 27, 2024

ट्राफिक प्रहरीलाई ब्रेथलाईजर प्रयोग अनुशिक्षण तालिम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बारा, ७ चैत । ट्राफिक प्रहरीको ‘ट्राफिक प्रहरीलाई ब्रेथलाईजरको प्रयोग सम्बन्धी अनुशिक्षण कार्यक्रम’ तालिम सम्पन्न भएको छ ।

विश्व स्वास्थ्य सङ्गठन नेपालको आयोजनामा बाराको निजगढमा ट्राफिक प्रहरी हवल्दार र असाई लक्षित ट्राफिक प्रहरीलाई ब्रेथलाईजरको प्रयोग सम्बन्धी अनुशिक्षण तालिम मंगलबार बाराको निजगढमा सम्पन्न भएको हो ।

विश्व स्वास्थ्य सङ्गठन नेपालका नसर्ने रोग र मानसिक स्वास्थ्यका टोली नेतृत्व गरेका गम्पो दोर्जीले मधेश प्रदेशमा मोटरसाईकलमा अनिवार्य रुपमा हेलमेटको प्रयोग गराउनुपर्ने बताए । दोर्जीले दुर्घटनामा हेलमेटको प्रयोगले मुत्यृहुनेको सख्यामा कमी आउने भएकाले चालक र पछाडि बसेका व्यक्तिहरुले समेत हेलमेटको प्रयोग गर्ने वतावरण मिलाउन नेपाल सरकारसँग छलफल भएको बताए ।

ट्राफिक प्रहरीले तालिमका दौरान सिकेका व्यावसायिक ज्ञान र सिपलाई कार्यक्षेत्रमा लागु गरेमा दुर्घटना न्यूनीकरणहुने मधेश प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेलले बताए ।

समारोहमा प्रशिक्षार्थी प्रहरीहरूलाई दुर्घटना न्यूनीकरण गर्ने तथा मधेश प्रदेशमा मादक पदार्थ सेवन (मापसे) र लागुऔषधको प्रयोगगरी सवारी चलाउनेलाई कारबाही गर्न ब्रेथलाईजरको प्रयोग गर्ने कार्यक्षेत्रमा लागु गर्न समेत प्रहरी नायव महानिरीक्षक पोखरेलले निर्देशन दिए ।

उनले ट्राफिक प्रहरी नागरिकको सेवामा समर्पित संगठन भएको कारण नागरिकप्रति सदैव उत्तरदायी र जिम्मेवार रहनुपर्ने समेत बताए ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भिम किरण बोगटी, जिल्ला ट्राफिक प्रहरी कार्यलय बाराका प्रमुख प्रहरी निरिक्षक राम कुमार महतो, ईलाका प्रहरी कार्यलय निजगढका प्रमुख तथा प्रहरी निरिक्षक घनश्याम श्रेष्ठ लगायतको सहभागिता  थियो । अनुशिक्षणमा तालिममा ४८ प्रशिक्षार्थी सहभागी भएका थिए । सुरुचि भण्डारी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार