श्रावण १२, २०८१ शनिबार July 27, 2024

सुनसरीमा एक महिलाको हत्या : घटनास्थलबाट धारिलो हतियार बरामद

अन्तै हत्या गरेर शव त्यहाँ फालेको हुन सक्ने प्रहरीको अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुनसरीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवनको जङ्खल क्षेत्रमा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानवाट महिला धरान-१६ बस्ने २१ वर्षीया सुमना श्रेष्ठको भएको प्रहरीले जनाएको छ । बाख्रा चराउन गएका एक व्यक्तिले युवतिको शव भुईँमा लडिरहेको देखेपछि बुधवार प्रहरीलाई खबर गरेका थिए ।

मृतकको घाँटीमा गहिरो चोट छ भने घटनास्थलबाट प्रहरीले धारिलो हतियार बरामद गरेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । अन्तै हत्या गरेर शव त्यहाँ फालेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रहरी घटनको विस्तृत अनुसन्धान गरिरहेको सुनसरी प्रहरी प्रमुख एस्पी विपिन रेग्मीले जानकारी दिनु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार