असार २३, २०८२ सोमबार July 7, 2025

माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले गरे पार्टी छोडेको घोषणा

माओवादी नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा आफूलाई आत्मग्लानी भएकोले पार्टी त्यागेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी छोडेको घोषणा गरेका छन् । संविधान सभा सदस्य समेत रहेका शर्माले बिहीबार पार्टी परित्याग गरेको घोषणा सामाजिक सञ्जालबाट गरेका हुन् ।

पहिले माओवादीमा संलग्न हुँदा आफूले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भइरहेको काममा आकाश पतालको फरक पाएको गुनासो गर्दै माओवादी नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा आफूलाई आत्मग्लानी भएकोले पार्टी त्यागेको उनले बताएका छन् ।

‘महान जनयुद्धको समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको देखेर आत्मग्लानी मात्रै भएको छैन १७ हजार नेपाली नागरिकले दिएको बलिदान र त्यसको जगमा भएको जनयुद्धलाई नै कलङ्कित गर्ने काम भइरहेको महसुस गरेको छु ।’ शर्माले फेसबुकमार्फत भनेका छन् ।

साथै द्वन्द्वकालमा माओवादीले उठाएको मुद्दाबाट माओवादी च्यूत हुँदै गएको र माओवादी पार्टी, पार्टी नभएर गुटैगुटका महासंघमा रूपान्तरण भएकाले पार्टी छाड्नु परेको निष्कर्ष शर्माले निकालेका छन् । १७ हजार नागरिकको ज्यान लिएको माओवादी सशस्त्र द्वन्द्वलाई कलङ्कित गर्ने काम शीर्ष नेताबाट भएको, प्रधानमन्त्रीको भाषणमा सुशासन भएपनि उनैले नेतृत्व गरेको पार्टीका नेताहरू भ्रष्टाचारको काण्डै काण्डमा मुछिएको भन्दै शर्माले पार्टी त्योगेको जनाएका छन् ।

उनले जनादेश विपरीत विदेशी शक्तिको आडभरोसामा सरकारमा रहनकै लागि माओवादीले पटक-पटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरतातिर धकेलेर देशलाई विदेशीको क्रिडास्थल बनाएको आरोप पनि लगाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार