माघ २८, २०८१ सोमबार February 10, 2025

नेपाल-भारत धार्मिक सिद्धरत्ननाथ–देवीपाटन महायात्रा हुने

धार्मिक र सांस्कृतिक महत्वको ऐतिहासिक यात्रालाई भव्य बनाउँदै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने गरी महायात्राको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः धार्मिक एवम् ऐतिहासिक गोरक्षपात्रदेवता सिद्धरत्ननाथ–देवीपाटन महायात्रा २०८० को तयारीलाई तीव्र बनाइएको छ ।

प्रत्येक वर्ष चैत पञ्चमीका दिन दाङको चौघेराबाट भारतको बलरामपुर जिल्ला तुलसीपुरस्थीत पाटेश्वरी मन्दिर पुग्नेगरी हुने धार्मिक र सांस्कृतिक महत्वको ऐतिहासिक यात्रालाई भव्य बनाउँदै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने गरी महायात्राको तयारी थालिएको हो ।

लुम्बिनी प्रदेश सरकारले ऐतिहासिक एवम् धार्मिक गौरवको महायात्राका रुपमा सञ्चालन गर्ने निर्णय गरेपछि लामो समयदेखि प्रचलनमा आएको धार्मिक र सांस्कृतिक महत्त्वको ऐतिहासिक यात्रालाई यो वर्षदेखि महायात्राका रुपमा अघि बढाउने तयारी भइरहेको मूल समितिका सदस्यसचिव संस्कृतिविद् डा. गोविन्द आचार्यले जानकारी दिनुभएको छ । उहाँका अनुसार योगी नरहरिनाथले लेख्नुभएका पुस्तकहरु अध्ययन गर्दा यो यात्रा विसं ८०९ मा सिद्धरत्ननाथले सिद्धि प्राप्त गरेपछि हुँदै आएको करिब १३ सय वर्ष पुरानो ऐतिहासिक यात्रा भएको बताउनुभयो ।

सदस्य सचिव एवम् संस्कृतिविद् डा. आचार्यले भन्नुभयो, ‘‘यो लामो धार्मिक तथा सांस्कृतिक इतिहास बोकेको यात्रा हो । विभिन्न कारणले बिचमा ओझेलमा परेको थियो । यो वर्षदेखि विशेष बनाउने गरी तयारी भइरहेको छ ।’’ यही चैतको २३ गतेदेखि वैशाखको ७ गतेसम्म हुने धार्मिक एवम् सांस्कृतिक महायात्रामा गोरक्षपात्रदेवता सिद्धरत्ननाथ चौघेराका पिर, पुजारी, भण्डारी, सिरानेलगायत साधुसन्त, सामाजिक एवम् धार्मिक व्यक्तित्वहरु, विभिन्न क्षेत्रका प्रतिनिधिलगायत करिब चार सय बढीको सहभागिता हुने भएको छ । महायात्रालाई विशेष बनाउनका लागि यो वर्षदेखि थारु, मगर, अवधी, भुमे, सोरठी नाच पनि समावेश गराउने तयारी गरिएको छ ।

नेपाल र भारतको धार्मिक सांस्कृतिक सम्बन्धलाई हरेक वर्ष नवीकरण गर्ने एउटा यात्रा भएको भन्दै संस्कृतिविद् डा. आचार्यले भन्नुभयो, ‘‘यो नेपाल–भारतको सांस्कृतिक सेतु हो तर प्रचारप्रसारको कमिका कारण ओझेलमा रहने गरेको छ ।’’ उहाँका अनुसार यात्रालाई भव्य बनाउनका लागि विभिन्न उपसमिति बनाएर तयारी थालिएको समेत बताउनुभयो ।

घोराही उपमहानगरपालिका–१७ चौघेरा मठबाट प्रारम्भ हुने महायात्रा घोराही उपमहानगरपालिका–३ चौपट्टा, लमही नगरपालिका–६ देउपुरमा गोरक्षपात्रदेवता मठ, गढवा गाउँपालिकाअन्तर्गत जमुनीबास, कोइलावास र भारतको जनकपुरलगायतका धार्मिक स्थलहरुमा विश्राम र पूजापाठ गर्दै तुलसीपुर देवीपाटन मन्दिर पुग्ने मठका मठाधीश योगी ब्रह्मनाथले जानकारी दिनुभएको छ । उहाँका अनुसार पाटन पुगेपछि पाँच दिन बस्ने र त्यो अवधिमा उक्त मन्दिरमा नेपाली पुजारीले पूजापाठ गर्ने परम्परा छ । उहाँले भन्नुभयो, ‘‘भारतमा गोरक्ष देवताको ठुलो महत्त्व छ ।

नेपालबाट पुजारी पुगेपछि नफर्किदासम्म पूजापाठको जिम्मा नेपालीले गर्ने परम्परा छ । गोरक्ष पात्र देवतालाई जत्तिकै यताको टोलीलाई सत्कार गर्छन् ।’’ उहाँका अनुसार पूजाका सामग्रीसँगै पाटेश्वरी माताको दर्शन र पूजा गरेर टोली फर्किने परम्परा छ । रातीको समयमा मात्र हुने यात्रा भएकाले यो यात्रा ओझेलमा परेको उहाँले बताउँनुभयो ।

महायात्राका क्रममा ३५ लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको आर्थिक उपसमितिका संयोजक बलदेव योगीले जानकारी दिनुभएको छ । उहाँका अनुसार महायात्राका लागि लुम्बिनी प्रदेश सरकारले ३० लाख रुपियाँ दिने भनेको र बाँकी खर्च मठले गर्ने बताउनुभयो । भेष बाह्रपन्थी नाथ संस्कृतिको केन्द्रका रुपमा रहेको चौघेराबाट करिब एक महिनाको यात्रापछि पाटेश्वरी मन्दिर पुग्ने परम्परा रहे पनि पछिल्लो समय यसलाई घटाएर १३ दिनमा झारिएको छ ।गोप.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुन तोलाको एक लाख ६९ हजार ६ सय पुग्यो
२०८१ माघ २८, सोमबार
भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड
२०८१ माघ २८, सोमबार
संसद्को दुबै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८१ माघ २८, सोमबार
अन्तरजातीय जोडीमाथि राज्यको ज्यादती प्रकरण : गृहमन्त्री लेखकमाथि छानबिन गर्न संसदीय समिति गठनको माग
२०८१ माघ २८, सोमबार
संसद्को कार्यसूचीमै परेन सरकारको अध्यादेश
२०८१ माघ २८, सोमबार
शीर्ष नेतृत्वको भाषणबाजीमा शेरा दरबार
२०८१ माघ २८, सोमबार
वर्षमा ७१ अर्बसम्म खर्च, सबै गैरसरकारी संस्थाको कारोबारको अध्ययन सुरु
२०८१ माघ २८, सोमबार