श्रावण १२, २०८१ शनिबार July 27, 2024

जागरण अभियानलाई राज्यको साझा अभियान बनाउन सभामुख घिमिरेको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जीवन विज्ञानले सुरु गरेको आध्यात्मिक जागरण अभियानलाई राज्यको साझा अभियान बनाउन सबैलाई समेट्न आग्रह गर्नुभएको छ ।

विराट चक्र विज्ञान कार्यक्रमबारे जानकारी गराउन चैत ८ गते बिहीबार सिंहदरबार पुगेको जीवन विज्ञानका पदाधिकारीसँगको भेटमा सभामुख घिमिरेले भन्नुभयो– ‘अभियानलाई राज्यको साझा बनाउन राज्यका सबै निकाय तथा राजनीतिक दलको सामूहिक सामूहिक प्रतिबद्धता हुनुपर्छ ।’ उहाँले हामीसँग भएका ध्यानका सम्पदाको प्रचारप्रसार हुन नसकेको बताउँदै यसलाई विश्वमाझ पुर्‍याउन सके राष्ट्र र समग्र मानव जातीको हित हुने बताउनुभयो ।

श्रद्धेय रमेश गुरुदेवले मन व्यवस्थापन सबैभन्दा महत्त्वपूर्ण रहेको बताउँदै मनलाई व्यवस्थित गर्ने कला सिकाउन ५ हजारको सहभागितामा विराट चक्र विज्ञान कार्यक्रम गर्न लागिएको बताउनुभयो ।

उहाँले जीवन विज्ञानले बुद्ध जन्मस्थल लुम्बिनीमा २०८० चैत १७ देखि २३ गतेसम्म ‘विराट चक्र विज्ञान’ र २४ गते ‘लुम्बिनी आध्यात्मिक जागरण उत्सव’ आयोजना गरिएको जानकारी गराउनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार