असार २१, २०८२ शनिबार July 5, 2025

भौतिक पूर्वाधारको विकास सरकारको उच्च प्राथमिकतामा : उपप्रधानमन्त्री महासेठ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भौतिक पूर्वाधारको विकास बिना देशको समृद्धिको यात्रा कठिन हुने भन्नुहुँदै भौतिक पूर्वाधारको विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।

उपप्रधानमन्त्री महासेठ गृह जिल्ला धनुषा आउनेक्रममा जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै यसभन्दा अगाडि मन्त्रालयको नेतृत्व गर्दा पनि आफूले पूर्वाधारको विकासलाई प्राथमिकता दिएर काम गरेको बताउनुभयो ।

उहाँले एमाले सरकारमा भएको बेलामा मध्य पहाडी, मदन आश्रित, हुलाकी र उत्तर दक्षिण राजमार्गको निर्माणमा गति लिएको र यस पटक फेरि आफू भौतिक मन्त्रालयको नेतृत्वमा आएकाले हुलाकीसहितको अन्य राजमार्गको निर्माणमा गति दिने बताउनुभयो ।

नेकपा एमालेका सचिव समेत रहनुभएका उपप्रधानमन्त्री महासेठले वर्तमान सत्ता गठबन्धन बाँकी अवधिसम्म चल्ने दाबी गर्नुभयो ।

उहाँले मधेश प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको र मन्त्रालयहरुको विषयमा चाँडै टुङ्गो लाग्ने बताउनुभयो ।

उहाँले गलत गर्ने जस्तोसुकै ओहदाका व्यक्ति किन नहोस् कारबाही हुने बताउनुभयो ।

आजै नेकपा एमालेको पार्टी कार्यालयमा उपप्रधानमन्त्री रघुवीर महासेठ तथा एमाले पोलिटब्युरो सदस्य जुलीकुमारी महतोलाई स्वागतसहित सम्मान गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार