काठमाण्डौंः नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारलाई स्थायित्व दिने जिम्मेवारी नेकपा एमालेको भएको बताउनुभएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि शुरु भएको नेकपा (एमाले) सुर्खेतको नवौं अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले नयाँ सत्ता समीकरण विगतभन्दा भिन्न तरिकाले गरिएकाले वर्तमान सरकार आगामी निर्वाचनसम्म जाने बताउनुभएको हो ।
उहाँले बद्लिएको राजनीतिक समीकरणले नयाँ गति लिएसँगै जनजीविकालाई सहज बनाउँदै आर्थिक समृद्धिका लागि सरकार अघि बढिरहेको बताउनुभयो । देशमा राजनीतिक अस्थिरताको दोषी नेपाली कांग्रेस भएको टिप्पणी गर्दै उहाँले स्वार्थ आधारित अघिल्लो गठबन्धनका कारणले जनताको अभिमत प्रस्ट हुन नसकेको जिकिर गर्नुभयो ।
एमाले महासचिव पोखरेले कर्णालीका नेकपा माओवादीका साथीहरूले प्रदेश सरकारको नेतृत्व अब एमालेका साथीहरू दिएर देशलाई एउटा गतिशील बनाउन सुझाव दिनुभयो ।
एमाले सुर्खेतको नयाँ नेतृत्व चयनका लागि शनिबारसम्म चल्ने अधिवेशनमा ४९५ जना प्रतिनिधिहरू सहभागी हुनुहुन्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया