श्रावण १२, २०८१ शनिबार July 27, 2024

प्रतिनिधिसभा बैठक सुरु, संसदीय छानबिन समिति गठनको माग

कांग्रेसले आजपनि सहकारी ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको विषयमा छानबिनको माग अगाडी बढायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ,  चैत १८  गते । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको विषयमा छानबिनको माग गरेको छ ।

नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले सहकारी ठगी प्रकरणमा उपप्रधानन्त्री तथा गृहमन्त्रीको नाम मुछिएकोबारे संसदीय छानबिन समितिको माग गर्नुभयो ।

“नौतिकताको पनि प्रश्न हो । यस विषयमा सरकार गम्भीर हुन जरुरी छ । यो विषयमा प्रधानमन्त्रीले दिनुभएको जवाफ, प्रहरी प्रमुखले दिनुभएको जवाफले यो विषयमा न्याय निरुपण कसरी हुन्छ भन्ने संशय पैदा भएको छ”, उहाँले भन्नुभयो, “यस विषयमा छानबिन गर्न संसदीय छानबिन समिति बनोस् ।” उहाँले संसद् आवश्य भएको विषय प्रमुख प्रतिपक्षी दल कांग्रेसले बुझेको भन्दै जनजीविकासँग जोडिएका अनेकौँ विषय सम्बोधन गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । “यस बेलामा संसद्को गरिमा कति हुन्छ भन्ने हामीले बुझेका छौँ । तर सरकारले पनि आफ्नो जिम्मेवारी बुझोस्”, उहाँले भन्नुभयो ।

संसदीय छानबिन समिति गठन नभएसम्म प्रमुख प्रतिपक्ष दलले यो विषय उठाइरहने उहाँले बताउनुभयो ।

तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले यस विषयमा छानबिन भइरहेको भनेर संसद्मै जवाफ दिनुभएकोमा अहिले त्यो विषय रोकिएको सांसद गौतमले बताउनुभयो । गृहमन्त्रीमा लामिछानेलाई नियुक्त गरिनु स्वार्थको टकराव (कन्फ्क्टि अफ इन्ट्रेस्ट) रहेको पनि उहाँको भनाइ  छ ।

आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यसूची रहेको छ ।

अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नुहुनेछ ।

त्यसैगरी, आजको बैठकमा अर्थमन्त्री पुनले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्नुहुनेछ । ‘भन्सार विधेयक, २०८० दाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि अर्थमन्त्री पुनले आजको बैठकमा पेस गर्नुहुनेछ ।

आजको कार्यसूचीमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव पेस गर्नुहुनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार