श्रावण १२, २०८१ शनिबार July 27, 2024

एमाले झापाको अध्यक्षमा गिरी र उपाध्यक्षमा ढुङ्गेल सर्वसम्मत

अध्यक्षमा प्रेम बहादुर गिरी र उपाध्यक्षमा शिव ढुङ्गेल बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमाले झापाको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्ष र उपाध्यक्ष पदमा सर्वसम्मत भएको छ । अध्यक्षमा प्रेम बहादुर गिरी र उपाध्यक्षमा शिव ढुङ्गेल सर्वसम्मत भएका हुन् ।

शनिवार भएको उम्मेदवारी दर्तामा अध्यक्ष र उपाध्यक्ष पदमा दुई जनाको मात्रै उम्मेदवारी परेको थियो । अध्यक्षमा गिरी र उपाध्यक्षमा ढुङ्गेलको मात्र उम्मेदवारी परेपछि दुई पदमा सर्वसम्मत भएको हो ।

चैत १५ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनमा शुक्रवारबाट बन्दसत्र सुरु भएको हो । शनिवार दिउँसो भएको उम्मेदवारी दर्तामा दुई पदबाहेक सबै पदहरूमा आवश्यक सङ्ख्याभन्दा बढी उम्मेदवारी परेको छ । सचिवमा तुलसी कार्की, बोधप्रसाद घिमिरे, पुरुष तर्फ १ उपसचिव पदमा असारु राजवंशी, टिकाराम मंग्राती, चन्द्र सुब्बाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, १ महिला उपसचिव तर्फ अनिता कन्दङ्वाले उम्मेदवारी दर्ता गराएका छन् । कचनकवल, गौरीगञ्ज, गौरादह, झापा र कनकाईमा सदस्यहरु सर्वसम्मत भइसकेको बुझिएको छ ।

नेतृत्व चयनमा सर्वसम्मत गर्ने प्रयास भइरहेकोले आइतबार गर्ने भनिएको मतदान सोमवारलाई सारिएको छ । अधिकतम प्रयास गरेर अन्य पदहरूमा पनि सहमति जुटाउने कसरतमा नेताहरू लागेका छन् । आ–आफ्नो पालिकाहरूमा छलफल गरेर अन्तिम नाम ल्याउने, नामहरू आउन नसके मात्रै चुनावमा जाने सल्लाह भएको एक नेताले बताएका छन् । पर्सी चुनावमा जिल्ला पार्टी कार्यालयमा हुने बताइएको छ ।

अधिवेशनमा पालिकाबाट ४३० जना, जनसङ्गठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरू २५ जना, सम्पर्क मञ्चबाट पाँच जना र आयोजक १६९ जना एवम् मनोनीत प्रतिनिधिहरू ३८ जना गरी ७८६ जना सहभागी भएका छन् । जिल्ला अधिवेशनबाट ५ जना पदाधिकारीसहित १५० जनाको कमिटी बन्ने छ । विभिन्न जनवर्गीय सङ्गठनहरूबाट पछि थप १५ जना मनोनीत समेत हुने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार