वैशाख ५, २०८१ बुधबार April 17, 2024

डढेलो नियन्त्रण नगर्ने सामुदायिक वनको सुविधा रोकियो

डढेलोका कारण सामुदायिक वनमा क्षति हुन नदिन आवश्यक जनशक्ति, यन्त्र, उपकरण, उपलव्ध स्रोतसाधन परिचालन गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकामा वन डढेलो नियन्त्रणसम्बन्धी योजना बनाई कार्यान्वयनमा नल्याउने सामुदायिक वनहरूको सेवा सुविधामा रोक लगाइएको छ ।

नगरपालिकाको वडा नं ८ कार्यालयले डढेलो नियन्त्रणको योजना बनाई कार्यान्वयनमा नल्याउने सामुदायिक वनको सेवा सुविधामा रोक लगाउने निर्णय गरेको हो । डढेलो लागेर हुने क्षति घटाउन सामुदायिक वनलाई जिम्मेवार बनाउन वडा कार्यालयले यस्तो निर्णय गरेको जनाएको छ ।

“सुक्खायामका बेला हुरी चल्ने क्रमसँगै वन क्षेत्रमा लाग्ने डढेलोका कारण सामुदायिक वनका पदाधिकारीको हेलचक्रयाइँले ठूलो नोक्सानी व्यहोर्नुपर्ने हुन्छ”, वडाध्यक्ष बहादुरसिंह महराले भन्नुभयो, “डढेलोका कारण लाखौँको काठ खरानी हुन्छ, जीवजन्तुको बासस्थान मासिन्छ ।” उहाँका अनुसार डढेलोले चुरे र यससँगै जोडिएको राष्ट्रिय वन क्षेत्रमा जैविक विविधता र वन पैदावारमा पनि क्षति हुँदै आएको छ ।

वडाअन्तर्गत पर्ने सुनदेवी महिला सामुदायिक वन, भगवती सामुदायिक वन, वैजनाथ सामुदायिक वन, कालिका सामुदायिक वन, प्रगति सामुदायिक वन र बैजनाथ धार्मिक वन उपभोक्ता समितिलाई पत्राचार गरी डढेलो रोकथामका लागि योजना बनाई पदाधिकारीसहित उपभोक्त टोलीलाई सतर्क रहन आग्रह गरिएको वडाध्यक्ष महराले बताउनुभयो ।

“डढेलोका कारण सामुदायिक वनमा क्षति हुन नदिन आवश्यक जनशक्ति, यन्त्र, उपकरण, उपलव्ध स्रोतसाधन परिचालन गर्न भनेका छौँ”, दुई दिनभित्र वडा कार्यालयमा योजना पेस गर्न निर्देशन दिइएको जानकारी दिँदै उहाँले भन्नुभयो ।

पालिकाको पत्रको अवज्ञा गरी डढेलो नियन्त्रणको व्यवस्था नमिलाएको पाइएमा सामुदायिक वनको कार्ययोजना, विधान नवीकरण सिफारिसमा रोक लगाउनेसँगै काठ बिक्रीमा रोहबर नहुने र वडाबाट उपलव्ध हुने वातावरणसम्बन्धी सेवा उपलव्ध नगराइने वडाध्यक्ष महराले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दार्चुलाको अपिमा स्वास्थ्य शिविर : ६९४ ले लिए सेवा
२०८१ वैशाख ६, बिहिबार
गण्डकी प्रदेशसभा अधिवेशन आव्हान
२०८१ वैशाख ६, बिहिबार
नासाले मंगल ग्रहका नमूनाहरू फिर्ता गर्न नयाँ डिजाइन खोज्ने
२०८१ वैशाख ६, बिहिबार
नेपाल र बंगलादेशबीच तेस्रो परराष्ट्र मन्त्रालय स्तरीय परामर्श बैठक काठमाडौंमा सम्पन्न
२०८१ वैशाख ६, बिहिबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
२०८१ वैशाख ६, बिहिबार
पाकिस्तानमा वर्षाजन्य दुर्घटनामा ७१ को मृत्यु, ६७ घाइते
२०८१ वैशाख ६, बिहिबार
सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखियो, यस्तो छ कारण
२०८१ वैशाख ५, बुधबार