वैशाख ५, २०८१ बुधबार April 17, 2024

एमाले सिन्धुपाल्चोक अध्यक्षमा होमनारायण श्रेष्ठ बिजयी

निकटतम प्रतिद्वन्द्धि विष्णुमणि आचार्यले ३०७ मत पाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँले ३६३ मत सहित कमल नेपाललाई १४ मतान्तरले पराजित गरी अध्यक्षमा विजयी हुनुभएको हो । कमलले ३४९ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा अर्जुन कुमार भण्डारीले जित हासिल गर्नुभयो । उहाँले ३४५ मत र उहाँको प्रतिद्वन्द्धि विष्णुमणि आचार्यले ३०७ मत प्राप्त गर्नुभएको छ । सचिवमा ४०३ मत ल्याइ कृष्णगोपाल तामाङ विजयी हुनुभएको छ भने उहाँको प्रतिद्वन्द्धि यज्ञराज सापकोटाले २७० मत पाउनुभयो ।

उपसचिव खुल्लातर्फ शिवहरि सापकोटाले ३३६ मत प्राप्त गर्नुभयो भने सोही पदमा विजयकृष्ण श्रेष्ठले ३१३ मत पाउनुभएको छ । उपसचिव खुल्ला महिलातर्फ सुशीला पाख्रिनले ४५६ मत पाई शोभा कार्कीलाई हराउनुभयो । कार्कीले दुई सय ८ मत पाउनुभयो ।

यस्तै, मतदान प्रक्रियामा ७१३ मत खसेको थियो । एक मत बदर भएको थियो । एक सय पाँच सदस्यीय जिल्ला कार्यसमितिमा ४ जना मनोनीत हुनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दार्चुलाको अपिमा स्वास्थ्य शिविर : ६९४ ले लिए सेवा
२०८१ वैशाख ६, बिहिबार
गण्डकी प्रदेशसभा अधिवेशन आव्हान
२०८१ वैशाख ६, बिहिबार
नासाले मंगल ग्रहका नमूनाहरू फिर्ता गर्न नयाँ डिजाइन खोज्ने
२०८१ वैशाख ६, बिहिबार
नेपाल र बंगलादेशबीच तेस्रो परराष्ट्र मन्त्रालय स्तरीय परामर्श बैठक काठमाडौंमा सम्पन्न
२०८१ वैशाख ६, बिहिबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
२०८१ वैशाख ६, बिहिबार
पाकिस्तानमा वर्षाजन्य दुर्घटनामा ७१ को मृत्यु, ६७ घाइते
२०८१ वैशाख ६, बिहिबार
सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखियो, यस्तो छ कारण
२०८१ वैशाख ५, बुधबार