वैशाख ३१, २०८१ सोमबार May 13, 2024

संसद बैठकमा संघीय निजामती सेवा विधेयकमा सैद्धान्तिक छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः प्रतिनिधिसभाको आजको बैठकमा संघीय निजामती सेवा विधेयकमा सैद्धान्तिक छलफल सुरु भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सदनमा प्रस्तुत गर्नुभएको संघीय निजामती सेवा विधेयकमा सैद्धान्तिक छलफल सुरु भएको हो ।

छलफलमा सांसदहरुले निजामती सेवामा कस्तो व्यक्तिलाई प्रवेश गराउने भन्ने मुख्य विषय भएको भन्दै प्राज्ञिक हिसाबले काविल र नैतिक हिसाबले प्रतिबद्ध व्यक्ति निजामती सेवामा आवश्यक रहेको धारणा राख्नुभयो ।

सांसदहरुले निजामती सेवामा एउटा मात्र आधिकारिक सङ्गठन राख्नुपर्ने, निजामती सेवा समावेशी र सेवाग्राहीप्रति उत्तरदायी बनाउनुपर्ने लगायतका विषयहरू उठाउनुभयो ।

सांसदहरुले कर्मचारीमा हुने हुकुमी शासनको अन्त्य गर्नुपर्ने, राजनीतिभन्दा टाढा राख्नुपर्ने, कर्मचारीहरू विदेशी सङ्घसंस्थामा जाने आशक्ति रोक्नुपर्ने, झन्झटिलो प्रक्रियामुखी प्रणालीको अन्त्य गर्नुपर्ने लगायतका धारणाहरू राख्नुभयो ।

यसअघि, विशेष समयमा बोल्दै सांसदहरुले कानुन निर्माण, संसद्को प्रभावकारिता लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसदहरुले ‘ल्याण्डफिल्ड साइट’ प्रभावित जनताको समस्या, संसदीय समितिको काम कारबाही प्रभावकारी हुन नसकेको, भारतले दैनिक उपभोग्य वस्तु खरिदमा अवरोध तथा अपमानपूर्ण व्यवहार गरेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसैगरी सांसदहरुले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनसम्बन्धी कार्यक्षेत्रमा हस्तक्षेप भएको, नेपालभित्र उत्पादित वस्तुको बजारीकरण हुन नसकेको, सवारी दुर्घटना बढिरहेको, सहकारी ठगीका दोषीलाई कारबाही हुन नसकेको र भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या साधान हुन नसकेको बताउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठक जारी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस संसदीय दलको बैठक आज नबस्ने
२०८१ वैशाख ३१, सोमबार
सरकारको नीति तथा कार्यक्रमको प्रस्तुति अन्योलमा, परामर्शमा सभामुख
२०८१ वैशाख ३१, सोमबार
सुनको मूल्य घट्यो, चाँदीको कति पुग्यो ?
२०८१ वैशाख ३१, सोमबार
बजेटमार्फत रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने विशेष कार्यक्रम ल्याइनेछ: प्रधानमन्त्री दाहाल
२०८१ वैशाख ३१, सोमबार
शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी
२०८१ वैशाख ३१, सोमबार
विशेष अदालतका न्यायाधीशहरू विरुद्ध न्याय परिषद्मा उजुरी
२०८१ वैशाख ३१, सोमबार
आजको मौसम : देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने
२०८१ वैशाख ३१, सोमबार