वैशाख ३१, २०८१ सोमबार May 13, 2024

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत्र २८ गते

विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको नाम हेरफेर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही चैत्र २८ गतेलाई तोकिएको छ । राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षको निर्वाचनको मिति घोषणा गर्नुभयो ।

अध्यक्ष दाहालले विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको नाम हेरफेर गरिएको जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७९/०८१ सभा समक्ष प्रस्तुत गर्नुभयो ।

त्यसअघि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुभयो । राष्ट्रिय सभाको अर्को बैठक यही चैत्र २८ गते बुधवार १ बजेर १५ मिनेटमा बस्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनेबीचको खाडल घटाउनुपर्छ: अध्यक्ष दाहाल
२०८१ वैशाख ३१, सोमबार
निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल
२०८१ वैशाख ३१, सोमबार
वामपन्थी शक्तिहरु वैचारिक बहसमा जुट्नुपर्दछ : मुख्यमन्त्री अधिकारी
२०८१ वैशाख ३१, सोमबार
नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकम पनि वृद्धि
२०८१ वैशाख ३१, सोमबार
सुदूरपश्चिमका मुख्यमन्त्रीले आगामी जेठ ३ गते विश्वासको मत लिनुहुने
२०८१ वैशाख ३१, सोमबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट
२०८१ वैशाख ३१, सोमबार
सुशासनका पक्षमा उभिएकाले राजश्व बढाउन सफल भयौंः मन्त्री शर्मा
२०८१ वैशाख ३१, सोमबार