जेठ ११, २०८१ शुक्रबार May 24, 2024

नेकपा एमालेको सचिवालय बैठक बस्दै

सचिवालय बैठकमा ६ वटा दस्तावेज पेश गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

पार्टी कार्यालय च्यासलमा दिउँसो एक बजे बस्ने बैठकमा मुख्य तीन वटा विषयमा छलफल हुने छ ।

बैठकमा वैशाख ८ र ९ गतेका लागि बोलाइएको महाधिवेशन प्रतिनिधिको बैठकको तयारी विषयमा छलफल हुने छ । गोदावरीमा बस्ने परिषद् बैठकमा करिब २ हजार ५ सय सहभागी हुने छन् । बैठकमा ६ वटा दस्तावेज पेश गर्ने तयारी एमालेको छ ।

त्यस्तै आजको बैठकमा वैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया