चैत्र ११, २०८१ सोमबार March 24, 2025

प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता

सुदूपश्चिमसहित समसामयिक राजनीतिक विषयबारे छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् ।

नेकपा एकीकृत समाजवादीको निर्णयले सुदूरपश्चिमसहित समग्र गठबन्धनमा समस्या निम्तिएको बेला दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटमा सुदूपश्चिमसहित समसामयिक राजनीतिक विषयबारे छलफल भइरहेको बताइएको छ । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशबाट विद्रोह गरेपछि वर्तमान सत्ता गठबन्धन धरापमा परेको छ ।

अध्यक्ष माधव नेपालले प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओली सहमतिबाट पछि हटेकोले गठबन्धनबाट बाहिरिने चेतावनी दिँदै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया