फागुण ३, २०८१ शनिबार February 15, 2025

१५० किलो गाजासहित ७ जना पक्राउ

मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका ३ बस्ने १५ र १९ बर्षिय किशोर पनि संलग्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मकवानपुर । इलाकी प्रहरी कार्यालय मकवानपुर नेवारपानीले गांजा ओसारपसारमा सहभागी भएको आरोपमा २ किशोर सहित ७ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरूको साथबाट १५० किलो गांजा नियन्त्रणमा लिएको छ ।

मकवानपुर जिल्लाको मनहरी गाउँपालिका ४ माथिल्लो मसिने भन्ने स्थानको पर्सा राष्ट्रिय निकुञ्जको कोर इलाका नजिक रहेको मध्यवर्ति सामुदायीक वनमा पर्सा राष्ट्रिय निकुन्ज लामिटारबाट खटिएको कर्मचारी र सोही निकुन्ञको सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलिले गांजा र व्यक्ति पक्राउ गरेको हो ।

बोरामा लागू औषध गांजा बोमेर पैदल यात्रा मार्फत पर्सा जिल्ला तर्फ जादै गरेको अबस्थामा उनीहरूलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जसमा मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका ३ बस्ने १५ र १९ बर्षिय किशोर रहेका छन् । मकवानपुर कैलाश गाउंलालिका ४ बस्ने २८ बर्षिय बम बहादुर चेपाङ, २७ बर्षिय हरिकुमार प्रजा,२७ बर्षिय बिरमान प्रजा रहेका छन् । यसैगरी मनहरी गाउँपालिका ३ हाडीखोला बस्ने ४४ बर्षिय रामहरी लुईटेल र मनहरी ५ बस्ने ३६ बर्षिय दिपक थापा मगर रहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज शनिबार : शनि भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँईको राशिफल
२०८१ फागुण ३, शनिबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात हुने
२०८१ फागुण ३, शनिबार
जन्मदिनमा प्रधानाध्यापकद्वारा विद्यार्थीलाई पोसाक वितरण
२०८१ फागुण ३, शनिबार
आहारारा पोखरा गोल्डकप : नेपाल पुलिस र ब्ल्याक बुल्स एफसीबीच फाइनल भिडन्त हुँदै
२०८१ फागुण ३, शनिबार
पिएसबीले नागरिकको आवाज बोल्नुपर्छ : सञ्चारमन्त्री गुरुङ
२०८१ फागुण ३, शनिबार
हमासले शनिबार रिहा गर्ने तीनजनाको नाम सार्वजनिक
२०८१ फागुण २, शुक्रबार
ताप्लेजुङको आठराई त्रिवेणी पालिकाले निःशुल्क दाँत उपहार दिने
२०८१ फागुण २, शुक्रबार