श्रावण १२, २०८१ शनिबार July 27, 2024

सुदूरपश्चिममा एकीकृत समाजवादीको प्लान बी !

एकीकृत समाजवादीलाई नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका ५ सांसदले समर्थन गरे सरकार बन्ने निश्चित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको दुई दिनको समय आज सकिदै छ ।

सत्ता समीकरणको दल नेकपा एमालेले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई समर्थन नगर्ने बताएपछि अन्योलता अझै जारी रहेको छ । एमालेले अहिलेसम्म स्पष्ट निर्णय नगरेको बताइएको छ ।

यता एमालेले सोडारीलाई समर्थन नगर्ने भनेपछि एकीकृत समाजवादीले भने प्लान बी तयार गरेको छ ।  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरेर सुदूरपश्चिममा सहयोग मागेको बताइएको छ । नेपालको प्रस्तावमा देउवा सकारात्मक भएको र आवश्यक परेमा सहयोग गर्ने र बदलामा अन्य प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्नुपर्ने शर्त राखेका छन् ।  देउवाको प्रस्तावमा नेपाल सकारात्मक रहेको बुझिएको छ ।

देउवासँगको छलफल पछि सुदूरपश्चिममा एकीकृत समाजवादीले प्लान बी तयार गरेको छ । अर्कोतर्फ माओवादीले भने केन्द्रको समीकरणलाई बचाउन एकीकृत समाजवादीलाई समर्थन गर्न सक्ने बताइएको छ ।

प्रदेश प्रमुखले सरकार दाबि गर्न दिएको समय आज साँझ ५ बजे सकिने भएकाले एकीकृत समाजवादीले कसरी बहुमत पुर्याएर दाबि गर्न भन्ने स्पष्ट भएको छैन ।

सुदूरपश्चिममा एकीकृत समाजवादीका ४ सांसद छन् । कांग्रेसका १८ सांसदले समर्थन गरेमा २२ मत हुने छ ।

प्रदेशमा हाल कायम रहेको ५२ सदस्यमा बहुमतका लागि २७ मत आवश्यक पर्दछ । एकीकृत समाजवादीलाई नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका ५ सांसदले समर्थन गर्ने नगर्ने स्पष्ट रहेको छैन । यस अघि नाउपाका लक्ष्मणकिशोर चौधरीलाई एकीकृत समाजवादीले दिएको समर्थन फिर्ता लिएकाले अब उनीहरुले एकीकृत समाजवादीलाई समर्थन गर्ने नगर्ने स्पष्ट रहेको छैन । नाउपाको रेशम पक्षका ५ सांसद र राप्रपाका एक सांसदले समर्थन गरेमा भने २८ मत हुन्छ र बहुमत पुग्ने अवस्था बन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार