जेठ ११, २०८१ शुक्रबार May 24, 2024

पोखरामा दुर्घटनामा ८ चिनियाँ पर्यटक घाइते

रत्नचोकतर्फ जाँदै गरेको बा १३च ५१३ नम्बरको स्कार्पियो र बा१प ८५१ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किएर दुर्घटना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । पोखराको राष्ट्रबैंक चोकमा भएको दुर्घटनामा परी ८ चिनियाँ पर्यटक घाइते भएका छन् ।

विहिबार बिहान पोखराको राष्ट्र बैंक चोकमा माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार ८ चिनियाँ पर्यटक घाइते भएको जिल्ला प्रहरी कार्यालय  कास्कीले जानकारी दिएको छ ।

रत्नचोकतर्फ जाँदै गरेको बा १३च ५१३ नम्बरको स्कार्पियो र बा१प ८५१ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किएका थिए ।

घाइते पर्यटकको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । प्रहरीले दुवै सवारीका चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया