वैशाख २९, २०८१ शनिबार May 11, 2024

इलाम-२ को मतगणना ११ बजेदेखि सुरु हुने

इलाम–२ मा १२ राजनीतिक दल र ७ स्वतन्त्र गरी जम्मा १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इलाम । इलाम-२ मा मतगणना ११ बजेदेखि सुरु हुने भएको छ। आइतबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु हुने छ। मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर सिसिटिभी जडान गरिएको छ।

कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम-२ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो। यो भनेको ५९ दशमलव ७९ प्रतिशत मत हो।

प्रतिनिधिसभामा इलाम २ बाट निर्वाचित सुवास नेम्वाङको निधन भएपछि यो क्षेत्रमा उपचुनाव भएको हो । इलाम–२ मा १२ राजनीतिक दल र ७ स्वतन्त्र गरी जम्मा १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्रामाडोल र टापेन्टाडोललाई मनोद्दीपक औषधिको सूचीमा समावेश
२०८१ वैशाख २९, शनिबार
आजको मौसम : यी प्रदेशमा चट्याङ र हावाहुरीसहित वर्षा
२०८१ वैशाख २९, शनिबार
संसदको संयुक्त बैठकमा जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने
२०८१ वैशाख २८, शुक्रबार
स्रोत नखुलेको ९८ लाखसहित काठमाडौंबाट दुई जना पक्राउ
२०८१ वैशाख २८, शुक्रबार
आठौँ सातामा ‘महाजात्रा’ : शनिवार ५१ औँ दिन मनाउँदै
२०८१ वैशाख २८, शुक्रबार
रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला
२०८१ वैशाख २८, शुक्रबार
रवि लामिछानेलाई बोल्न नदिने कांग्रेसको अडान, संसद बैठक शुरु हुन सकेन
२०८१ वैशाख २८, शुक्रबार