जेठ ६, २०८१ आइतबार May 19, 2024

डोटीमा एक पुरुषको शव फेला

६४ वर्षीय यज्ञबहादुर छेडाल आइतवार मृत अवस्थामा फेला परे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

डोटी, १७ बैशाख । डोटीमा एक पुरुषको शव फेला परेको छ।

जोरायल गाउँपालिका-६ दह स्थित बाटो नजिक सोही ठाउँ बस्ने ६४ वर्षीय यज्ञबहादुर छेडाल आइतवार मृत अवस्थामा फेला परेका हुन्।

दहदेखि होलिसैन जाने गोरेटो बाटोदेखि अन्दाजी २५ फिट तल खोल्सोमा छेडाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। सम्बन्धमा इलाका प्रहरी कार्यालय बिपिनगर डोटीबाट आवश्यक अनुसन्धान भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया