जेठ ९, २०८१ बुधबार May 22, 2024

संसदीय समितिलाई क्रियाशील बनाउन सभापतिहरुलाई सभामुख घिमिरेको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुलाई महत्वपूर्ण बिषयहरु चाँडो छलफल गरेर टुंग्याउन र आउँदो बजेट अधिवेशनमा संसदमा प्रस्तुत हुने वातावरण बनाउन निर्देशन दिएका छन् ।

आज सबै समितिका सभापति, दलका प्रमुख सचेतक र सचेतकहरुलाई बोलाएर सभामुख घिमिरेले समितिहरुलाई प्रभावकारी बनाउन सुझाव दिएका छन् ।

छलफलपछि सभामुख घिमिरेले महत्वपूर्ण विधेयकहरुलाई विलम्व नगरी समितिमा छलफल सकेर संसदको आगामी बैठकमा निर्णय हुनेगरी प्रस्तुत गर्न सरसल्लाह भएको सम्वाददाताहरुसँग बताए ।

बजेट अधिवेशन कुनै बाधा अवरोध नभई अघि बढ्नेमा आफू विश्वस्त रहेको बताउँदै घिमिरेले संसदलाई प्रभावकारी बनाउन सबै दलहरुको समान चासो रहने बताए ।

आगामी अधिवेशन अघि नै राजनीतिक दलका नेताहरुसँग संसदलाई प्रभावकारी बनाउने बिषयमा परामर्श गर्ने सभामुखले बताए ।

सभापति र प्रमुख सचेतकहरुको छलफलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन र अन्य महत्वपूर्ण विधेयकबारे चर्चा भएको थियो ।

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले संसद र संसदीय समितिले गरेका निर्णयको कार्यान्वयन गराउने कुरामा अडिग रहेर निर्देशन दिन र त्यसको जिम्मेवारी लिन सभामुखलाई सुझाव दिईएको बताए ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदीय समितिका निर्णयलाई कडाईकासाथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिने र अनुगमन समेत गर्न आवश्यक भएको भनेर सभामुखलाई सुझाव दिएको बताए ।

संसदीय समितिले गरेका निर्णय र निर्देशनहरुको पालना नभएको देखिएकाले सरकारका सम्बन्धित निकायसँग समितिका सभापतिहरु असन्तुष्ट रहेको बुझिएको छ । समितिले निर्देशन दिएपनि उच्च तहको नेतृत्वको हस्तक्षेपले सम्वेदनशील बिषयहरु थान्को लाएर सरकारी निकायले समितिलाई नटेर्ने गरेको एक सभापतिले सुनाए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आइपिभि’ खोप लगाइने
२०८१ जेठ ८, मंगलबार
राजनीतिक गतिरोध अन्त्य गर्न नेपाली काँग्रेस गम्भीर हुनुपर्छ: अध्यक्ष ओली
२०८१ जेठ ८, मंगलबार
सहकारीमा तोडफोड गर्ने ३ महिलासहित ९ जना पक्राउ
२०८१ जेठ ८, मंगलबार
बन्दुकधारीले गरेको आक्रमणबाट ४० बढीको मृत्यु
२०८१ जेठ ८, मंगलबार
सिरोहिया पक्राउबारे बाबुरामको प्रतिक्रिया: प्रचण्डले ज्ञानेन्द्रपथ अनुशरण गरे
२०८१ जेठ ८, मंगलबार
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेटवार्ता
२०८१ जेठ ८, मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेटघाट
२०८१ जेठ ८, मंगलबार