जेठ ८, २०८१ मंगलबार May 21, 2024

समृद्धि हासिल गर्न तीन तहको सरकारबीच सहकार्य आवश्यक : महामन्त्री शर्मा

जनप्रतिनिधिहरुले त्यसलाई चिर्दै राजनीतिक आस्थाको आधारमा कसैप्रति विभेद गर्न नहुने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको चाहनाअनुरुप आर्थिक समृद्धि हासिल गर्न तीन तहको सरकार मिलेर अघि बढ्नुपर्नेे बताउनुभएको छ ।

काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २८ औँ साधारणसभाको आज उद्घाटन गर्दै उहाँले विकास निर्माणको कार्यमा सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच तालमेल हुनुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा विकास नभएको भनेर व्यवस्थाविरुद्ध नकारात्मक भ्रम छर्ने प्रयास भइरहेको जनाउँदै उहाँले जनप्रतिनिधिहरुले त्यसलाई चिर्दै राजनीतिक आस्थाको आधारमा कसैप्रति विभेद गर्न नहुने बताउनुभयो ।

“म महामन्त्रीको रुपमा कांग्रेस हुँ, तर सांसदको रुपमा सबै पार्टीमा आस्था राख्नेको साझा प्रतिनिधि हुँ”, आफैँलाई उदाहरण दिँदै उहाँले भन्नुभयो, “जनप्रतिनिधि भएर काम गर्दा राजनीतिक आस्थाको कुरा हेर्दिन । को कुन पार्टीको हो भनेर विभेद कहिल्यै गरेको छैन ।”

जनताले आम चुनावमार्फत सिंहदरबारको ढोका ढक्ढक्याउन पठाएको उल्लेख गर्दै उहाँले जनताका समस्याको समाधान र विकास निर्माणका कार्यका लागि आफुले सदन र सरकारलाई निरन्तर सचेत गराइरहेको बताउनुभयो । उहाँले काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गर्न सुझाव दिनुभयो । “प्रविधिप्रति अविश्वास गर्नुहुँदैन, भोटिङ मेसिन प्रयोग गर्दा आम उपभोक्ताको सल्लाह र सहमति लिनुहोस्”, उहाँको भनाइ थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आइपिभि’ खोप लगाइने
२०८१ जेठ ८, मंगलबार
राजनीतिक गतिरोध अन्त्य गर्न नेपाली काँग्रेस गम्भीर हुनुपर्छ: अध्यक्ष ओली
२०८१ जेठ ८, मंगलबार
सहकारीमा तोडफोड गर्ने ३ महिलासहित ९ जना पक्राउ
२०८१ जेठ ८, मंगलबार
बन्दुकधारीले गरेको आक्रमणबाट ४० बढीको मृत्यु
२०८१ जेठ ८, मंगलबार
सिरोहिया पक्राउबारे बाबुरामको प्रतिक्रिया: प्रचण्डले ज्ञानेन्द्रपथ अनुशरण गरे
२०८१ जेठ ८, मंगलबार
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेटवार्ता
२०८१ जेठ ८, मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेटघाट
२०८१ जेठ ८, मंगलबार