जेठ ८, २०८१ मंगलबार May 21, 2024

उपनिर्वाचनले नयाँ हौं भन्ने र राजा ल्याउछौं भन्नेहरुको अवस्था थाहा भयोः प्रदीप ज्ञवाली

‘इलाम र बझाङको निर्वाचनले नयाँ हौँ भन्नेहरुको अवस्था पनि देखियो, राजा फर्काउछौं भन्नेहरुले हजार भोट पनि कटाउन सकेनन्’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेका उप महासचिव तथा स्कुल बिभाग प्रमुख प्रदीप ज्ञवालीले इलाम र बझाङको उपनिर्वाचनले एमालेको लोप्रियता प्रमाणित गरेको बताएका छन्।

पार्टीको तीन दिने कार्यकर्ता प्रशिक्षणका क्रममा बैतडी आएका ज्ञवालीले इलाममा बियज कायम राख्नु र बझाङमा सिट थप्नुले एमालेको लोकप्रियता र राष्ट्रिय राजनीतिमा एमाले अपरिहार्य रहेछ भन्ने प्रमाणित गरेको बताएका हुन्।

उनले यो उपनिर्वाचनले नयाँ हौं भन्नेहरु र राजा ल्याउछौं भन्नेहरुको अवस्था पनि थाहा भएको बताए।

‘इलाम र बझाङको निर्वाचनले नयाँ हौँ भन्नेहरुको अवस्था पनि देखियो, राजा फर्काउछौं भन्नेहरुले हजार भोट पनि कटाउन सकेनन्’,  ज्ञवालीले भने ।

उनले पानी कति तातो चिसो छ भन्ने थाहा पाउन एउटा औंला डुबाएर परीक्षण गर्दा थाहा हुने बताउँदै यो चुनावले एमालेको अवस्था थाहा भएको दाबी गरे ।

कार्यकर्ताहरुमाझ उनले यो चुनावले एमालेलाई उत्साहित बनाएको र यो उत्साहलाई पार्टी निर्माणमा लगाउनु पर्ने धारणा राखे। नेता ज्ञवालीले एमालेलाई चुम्बक जस्तो बनाउने बताउँदै जसका वरिपरि सबै सक्कली कम्युनिष्टहरु, सक्कली देशभक्तहरु टासिन आउनेु बताए ।

नेता ज्ञवालीसँगै पार्टीका स्कुल बिभागका सचिव घनश्याम कोइराला, संगठन बिभाग प्रमुख कासीनाथ अधिकारी, पोलिट ब्युरो सदस्य तथा सुदूरपश्चिमका पुर्व मुख्यमन्त्री राजेन्द्र रावल, पोलिट ब्युरो सदस्य निरु पाल लगायतका नेता बैतडी आइपुगेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र
२०८१ जेठ ८, मंगलबार
आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी
२०८१ जेठ ८, मंगलबार
राष्ट्रियसभामा पनि प्रतिपक्षको नाराबाजीका बीच धन्यवाद प्रस्ताव पारित
२०८१ जेठ ८, मंगलबार
प्रमुख प्रतिपक्षको नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित
२०८१ जेठ ८, मंगलबार
पशुपतिनाथ मन्दिरको भेटी चोर्ने आठ जना पक्राउ
२०८१ जेठ ८, मंगलबार
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध धनुषामा पक्राउ पूर्जी जारी
२०८१ जेठ ८, मंगलबार
गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको संयुक्त इजलासमा
२०८१ जेठ ८, मंगलबार