जेठ ५, २०८१ शनिबार May 18, 2024

कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ

कबिन्द्रको साथबाट नगद ३६ हजार र लागूऔषध फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी, २२ वैशाख  । कैलालीबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

रोशन गुरूङ र कबिन्द्र बखरिया पक्राउ परेका छन्।

गोदावरी नगरपालिका-२ बस्ने २० वर्षीय रोशन गुरूङको घरमा खानतलासी गर्दा कोठामा रहेको फ्रिजमा चुरोटको डब्बाभित्र लुकाई राखेको अवस्थामा १ ग्राम ५४० मिलिग्राम लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। उनको साथबाट नगद १० हजार समेत फेला पारी नियन्त्रणमा लिइएको हो।

यस्तै गौरिगंगा नगरपालिका वडा नम्बर–८ घर भई हाल धनगढी उपमहानगरपालिका वडा नम्बर–७ देबरीया स्थित राधेश्याम श्रेष्ठको घरमा कोठा गरी बस्ने २७ वर्षीय कबिन्द्र बखरीयाको कोठामा चेकजाँच गर्दा उनले लुकाई राखेको १ ग्राम ८३० मिलिग्राम लागूऔषध फेला पारी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कबिन्द्रको साथबाट नगद ३६ हजार र लागूऔषध फेला पारी नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे
२०८१ जेठ ५, शनिबार
एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी- २० को उपाधि
२०८१ जेठ ५, शनिबार
ताइवानको संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !
२०८१ जेठ ५, शनिबार
हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने
२०८१ जेठ ५, शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
२०८१ जेठ ५, शनिबार
सभामुखको प्रधानमन्त्री र ओलीलाई सुझाव : अवरोधका बीच विश्वासको मत लिदा राम्रो जादैन
२०८१ जेठ ५, शनिबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा
२०८१ जेठ ५, शनिबार