जेठ ६, २०८१ आइतबार May 19, 2024

माधव नेपालले बोलाए संसदीय दलको बैठक

असन्तुष्ट सांसदहरुलाई सम्झाउने अध्यक्ष नेपालको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक बोलाएका छन्। बैठक दिउँसाे १ बजे बस्नेछ।

नेकपा एसका असन्तुष्ट सांसदहरुलाई सम्झाउनका लागि नेपालले दलको बैठक बोलाएको नेताहरुले बताएका छन्। आफ्नो दल पनि विभाजन हुने सूचना नेपालले पाएको बताइन्छ।

सत्ता गठबन्धन भत्काउन लागेको भन्दै आइतबार मात्र जसपा नेपाल विभाजन भएपछि समाजवादीका अध्यक्ष माधवकुमार नेपाल त्रासमा छन् । नेकपा एसका असन्तुष्ट सांसदहरुलाई सम्झाउनका लागि नेपालले दलको बैठक बोलाएका हुन्।

आफ्नो दल पनि विभाजन हुने सूचना नेपालले यसअघि नै पाइसकेकाे बताइएकाे छ। नेपालले आजको बैठकमा सत्ता गठबन्धन भत्काउन खाज्नुको उद्देश्यबारे आफ्ना सांसदलाई बुझाउने प्रयास गर्नेछन्।

उपेन्द्र यादवसहित यो गठबन्धन छाडेर वैकल्पिक गठबन्धनबाट प्रधानमन्त्री बन्ने प्रयासमा तत्काल अवरोध भएपछि नेता नेपाल तनावमा परेका छन्।

नेकपा एसभित्र यही सरकारमा बस्नुपर्छ कि बाहिरिनुपर्छ भन्नेबारे मतभेद रहँदै आएको छ। सम्मानीत नेता झलनाथ खनालसहितका नेताहरु गठबन्धनको पक्षमा छन् भने अध्यक्ष नेपाल जसरी भएपछि सत्ता गठबन्धन भत्काएर प्रधानमन्त्री हुने ध्याउन्नमा छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया