जेठ ६, २०८१ आइतबार May 19, 2024

चट्याङ लागेर एक जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गलकोट । ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर पुन गम्भीर घाइते हुनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका पुनको उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया