जेठ ६, २०८१ आइतबार May 19, 2024

एमाले रसुवाको अध्यक्ष ढकाल सर्वसम्मत

८० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रसुवा । नेकपा एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत निर्वाचित भएका छन् ।

सोमबार भएको नवौँ जिल्ला अधिवेशनबाट ढकालको अध्यक्षतामा ८० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो । अध्यक्ष चुनिएका ढकाल यसअघि जिल्ला कमिटीमा सचिवकारुपमा कार्यरत थिए ।

अधिवेशनले जिल्ला कमिटीको उपाध्यक्षमा कैसाङ नुर्पु तामाङ, सचिवमा पेम्बा लामा, उपसचिवमा सुकबहादुर तामाङ र चमेली गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले समुद्घाटन गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया