श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा आज पहेँलो धातु सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

तर, आज चाँदीको मूल्य भने १० रुपैयाँको बढेको छ । जस अनुसार आज चाँदी प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन एक हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया