श्रावण ८, २०८२ बिहिबार July 24, 2025

नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकम पनि वृद्धि

१४८ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : साताको दोस्रो दिन आज सेयर बजार परिसूचकसँगै कारोबार बढेको छ । परिसूचक २४.३९ अंकले बढ्दै १९९८.८९ विन्दुमा पुगेको छ ।

९५ लाख ४१ हजार १७ कित्ता सेयर ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँमा किनबेच भएको छ । सेयर बजार आइतबारका तुलनामा उत्साहजनक देखिएको छ । आइतबार ८.२६ अंकले बढ्दै १९७४.५० विन्दुमा बजार बन्द हुँदा ७८ लाख ५७ हजार ३१ कित्ता सेयर ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँमा किनबेच भएको थियो ।

१३ उपसमूहमा फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापारबाहेक सबैमा बढोत्तरी हुँदा परिसूचक सकारात्मक देखिएको हो । वाणिज्य बैंक उपसमूह ३.२१ प्रतिशतले बढेको छ भने लगानी उपसमूह २.०४ प्रतिशतले बढेको छ ।

१४८ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन् । ८५ कम्पनीको घटेको छ भने ११ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।

सर्वाधिक कारोबार हुनेमा नेपाल रिइन्स्योरेन्स कम्पनी रह्यो । उक्त पुनर्बीमा कम्पनीको ३० करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै सीइबीडी हाइड्रोपावरको २८ करोड २३ लाख, कर्णाली विकास बैंकको ९ करोड ३३ लाख, पोखरा फाइनान्स ६ करोड ८५ लाख, कुमारी बैंकको ६ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

नारायणी विकास बैंक, समाज लघुवित्त र माण्डु हाइड्रोपावरलगायतका तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सृजनशील लघुवित्त, हिमालयन ऊर्जा विकास कम्पनी र गुराँस लघुवित्तको सेयर पनि सर्किटस्तरमा बढेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार