श्रावण ८, २०८२ बिहिबार July 24, 2025

ग्लोबल आइएमईलाई नेपालको उत्कृष्ट ‘बेस्ट बैङ्क अवार्ड’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ २ गते । ग्लोबल आइएमई बैङ्क लिमिटेड ग्लोबल फाइनान्स मेगजिनको बेस्ट बैङ्क अवार्ड २०२४ बाट सम्मानित भएको छ ।

ग्लोबल फाइनान्स मेगजिनले विश्वभरिका सर्वश्रेष्ठ बैङ्कहरू छनोट गरी सम्मानित गरेको हो । बैङ्कको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाको विकास, क्रेडिट रेटिङलगायतका मापदण्डमा ग्लोबल आइएमई बैङ्क सन् २०२४ का लागि नेपालको उत्कृष्ट बैङ्क भएको हो ।

ग्लोबल फाइनान्स मेगजिनले अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्यअमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्यपूर्व, उत्तरअमेरिका र पश्चिमयुरोप क्षेत्रका उत्कृष्ट बैङ्कलाई सम्मान गरेको हो । ग्राहकको आवश्यकतालाई मध्यनजर गरी समय सान्दर्भिक नवीनतम सेवाहरू प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैङ्कलाई ग्लोबल फाइनान्सबाट ‘नेपालको उत्कृष्ट बैङ्क’ को सम्मानले रचनात्मक सेवा प्रदान गर्न थप उत्साह हुने बैङ्कले जनाएको छ । ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो ।

बैङ्कको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखारहित बैङ्किङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सय सेवा केन्द्र रहेका छन् ।

ग्लोबल आइएमई बैङ्कलाई सबैका लागि बैङ्क बनाउँदै बैङ्कले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार