श्रावण ७, २०८२ बुधबार July 23, 2025

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

सापकोटाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नवलपुर (नवलपरासी), ६ जेठः जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा निर्वाचित हुनुभएको छ । शनिबार राति सम्पन्न अधिवेशनले सापकोटाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा छवि कँडेल, प्रथम उपाध्यक्ष (वाणिज्य)मा एकदेव रिमाल, द्वितीय उपाध्यक्ष (उद्योग)मा सुरेन्द्र तिवारी, महासचिवमा तेजनारायण पाण्डे, कोषाध्यक्षमा माधवप्रसाद सापकोटा, सचिवमा विष्णुप्रसाद पङ्गेनी र वरिष्ठ सदस्यमा शालिकराम सापकोटा निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सदस्यमा गोपालप्रसाद सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शालिग्राम सापकोटा, परमेश आचार्य, किशोरकुमार लम्साल, सिर्जना पौडेल, कविराज आचार्य, कमल शर्मा गौतम, गोकुल सापकोटा, विनोदकुमार श्रेष्ठ, घनश्याम पराजुली, अमित अग्रवाल, दीपकप्रसाद भट्टराई, राकेशकुमार हरलालका, मीना दाहाल, शेषकान्त कोइराला, प्रकाश सापकोटा, समीर श्रेष्ठ, मेघराज कँडेल र कृष्ण न्यौपाने निर्वाचित हुनुभएको छ ।

अधिवेशनको उद्घाटनमा नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइराला, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसी, गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीसहित उद्योगी व्यवसायीको उपस्थिति थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार