चैत्र १३, २०८१ बुधबार March 26, 2025

आजको मौसम : तीन प्रदेशमा मेघगर्जन सहित हल्का वर्षा हुने

उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावा हुरीसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै लुम्बिनी प्रदेशकका पुर्वी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षको पनि सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध
२०८१ चैत्र १३, बुधबार
वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनीको हत्या
२०८१ चैत्र १३, बुधबार
समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक : उपप्रधानमन्त्री सिंह
२०८१ चैत्र १३, बुधबार
थाई प्रधानमन्त्री सिनावात्राले पाइन् संसदमा विश्वासको मत
२०८१ चैत्र १३, बुधबार
इटहरी सेन्टर प्लाजा आगलागी अपडेट : ११ जनाको उद्धार
२०८१ चैत्र १३, बुधबार
सलमानको सिकिन्दर माथी सेन्सर बोर्डको कैची, रन टाइम २ घन्टा ३० मिनेट
२०८१ चैत्र १३, बुधबार
दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित
२०८१ चैत्र १३, बुधबार