असार ३, २०८१ सोमबार June 17, 2024

लागु औषधसहित २ जना ढुंग्रेबासबाट पक्राउ

लागु औषध कारोबारी रहेको प्रहरी पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सिन्धुली प्रहरीले सोमबार कमलामाई नगरपालिका वडा नं. ४ ढुंग्रेबासबाट लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीलाई प्राप्त सूचनाका आधारमा खोजतलास गर्दा खैरो हिरोईन, गाँजा लगाएतका लागु औषध सहित दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पक्राउ पर्नेमा तीनपाटन गाउँपालिका ९ का विनोद परियार र गोलञ्जोर गाउँपालिका ६ का रविन मैनाली रहेका छन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएपी अनिल कुमार खड्काका अनुसार प्रहरीले उनीहरुको डेराबाट लागु औषध खैरो हिरोईन २८ वटा सानो सानो प्याकेट ४ दशमलब ८९० ग्राम, गाँजा १५ दशमलब र एसपीएएसएमओ १ ट्याब्लेट बरामद गरेको जानकारी दिएका छन । घटनाको अनुसन्धान भईरहेको खड्काले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया