माघ २८, २०८१ सोमबार February 10, 2025

संसदको गतिरोध अन्त्यको पहल गर्ने एकीकृत समाजवादीको निर्णय

प्रतिपक्ष कांग्रेससहित प्रधानमन्त्री ‘प्रचण्ड’तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एकीकृत समाजवादीले संसद्को गतिरोध अन्त्यका निम्ति पहल गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको सचिवालय बैठकले संसदको गतिरोध अन्त्य गर्न प्रतिपक्ष नेपाली कांग्रेससहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्ने निर्णय गरेको हो ।

अहिलेसम्म संसदको गतिरोध अन्त्य बारे बोलाइएका छलफलमा एकीकृत समाजवादीलाई सामेल गराइएको छैन ।

सचिवालय बैठकले पार्टीको महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज जेठ १५ गते जिल्लामा पठाउने निर्णय गरेको छ । एकीकृत समाजवादीले महाधिवेशन आउँदो असार १६ देखि २० काठमाडौंमा गर्ने तय गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया