असार २८, २०८२ शनिबार July 12, 2025

नागरिकता छानबिनको विषयलाई प्रेस स्वतन्त्रतासँग जोड मिल्दैन: अध्यक्ष ओली

एमालेलाई एकताबद्ध र क्रियाशील बनाउन पार्टीको पक्षमा एक भएर उभिन्न कार्यकर्तालाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता छानबिनको विषयलाई प्रेस स्वतन्त्रतासँग जोडन नमिल्ने बताउनु भएको छ ।

विराटनगरस्थित एमाले पार्टी कार्यालय परिसरमा निर्माण गरिएको कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल, मनमोहन अधिकारी तथा मदन भण्डारीको शालिक अनावरण पछि पत्रकारसँग आज संक्षिप्त कुरा गर्नुहुँदै अध्यक्ष ओलीले नागरिकताका विषयमा छानविन प्रक्रिया अगाडि बढाउँदैमा प्रेस स्वतन्त्रता हनन भयो भन्न नमिल्ने बताउनुभयो । उहाँले नागरिकता छानबिनको विषय प्रेससँग सम्बन्धित नरहेको प्रष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले यो सबै कुरालाई नेपाली काँग्रेसले गलत रुपमा लिन नहुने बताउनुभयो । एक प्रश्नमा उहाँले नेपाली कांग्रेस जिम्मेवार पार्टी भएकाले यस्ता कुरालाई लिएर काँग्रेसले सडकमा मान्छे उतार्छु भन्नु जरुरी नभएको र काँग्रेसले त्यसो गर्न नहुने बताउनुभयो ।

शालिक अनावरण तथा पार्टी कार्यकर्ता भेला कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल, मनमोहन अधिकारी तथा मदन भण्डारीको योगदानका चर्चा गर्नु हुँदै नेकपा एमालेलाई एकताबद्ध र क्रियाशील बनाउन पार्टीको पक्षमा एक भएर उभिन्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले नेकपा एमाले मुलुकको निर्णायक शक्ति भएकाले पार्टीको पक्षमा सबै नेता तथा कार्यकर्ता खम्बा जस्तै भएर उभिनुपर्ने बताउनुभयो । ‘संवृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाऊ’ आफ्नो पार्टी प्रतिबद्ध भएर लागेको उहाँको भनाई थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार