काठमाण्डौंः राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको बैठक आजबाट सुरु हुँदैछ। बैठक बिहान ११ बजे बसुन्धरामा बस्ने बताइएको छ।
आजको बैठकमा राजनीतिक, सांगठनिक, सचिवालय सम्बन्धी र आर्थिक प्रतिवेदनका साथै विभिन्न प्रदेशका प्रतिवेदनहरु प्रस्तुत हुनेछन्। प्रस्तुत प्रतिवेदन लगायत पार्टीको आन्तरिक जीवन र अन्य समसामयिक विषयमा छलफल हुनेछ।
साथै पार्टीका आगामी रणनीतिका बारेमा पनि छलफल हुने बताइएको छ।बैठक जेठ १३ गते समापन हुनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया