असार १, २०८२ आइतबार June 15, 2025

प्रमुख दलका शीर्ष नेताहरुको बैठक निश्कर्ष विहीन

संसदीय छानविन समितिको टीओआरमा सहमति खोज्न बसेको बैठकमा जुटेन सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बिना निश्कर्ष सकिएको छ ।

सदनको गतिरोध हटाउने विषयसँग सम्बन्धित सहकारी ठगी प्रकरणमा गठन हुने संसदीय छानविन समितिको टीओआरमा सहमति खोज्न बसेको बैठक कुनै ठोस नपुगी सकिएको हो ।

बैठकमा काँग्रेस नेताहरुले संसदमा गृहमन्त्रीले दिएको अभिव्यक्ति, संचार उद्यमी कैलाश सिरोहिया पक्राउ लगायतका विषयमा सत्तापक्षको धारणा माग गरेका थिए ।

बैठकमा कुनै सहमति जुटन नसेकपनि बैठक सकारात्म रहेको बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले  पत्रकारलाई जानकारी दिनुभयो ।

बैठकबाट प्रतिपक्षी दलका नेताहरु पक्षका नेताहरु बाहिरिएपछि  सत्ता रुढ दलहरु बीच छलफल भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया