असार २९, २०८२ आइतबार July 13, 2025

संशोधित राजस्व लक्ष्य पनि भेट्टाउन चुनौती, दैनिक छ अर्ब उठाउनुपर्ने

सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ १३ गते । चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ ।

आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्कलनको संशोधित लक्ष्य पनि प्रभावित हुने देखिएको हो ।संशोधित लक्ष्य पूरा गर्न सरकारले चालु आवको बाँकी समयमा दैनिक छ अर्ब २८ करोड रुपियाँ राजस्व सङ्कलन गर्नुपर्ने देखिन्छ । अहिले दैनिक करिब तीन अर्ब रुपियाँ राजस्व सङ्कलन भइरहेको अवस्थामा बाँकी समयमा त्यसको दोब्बरभन्दा पनि बढी राजस्व सङ्कलन सरकारका लागि निकै चुनौतीपूर्ण बन्ने छ ।

चालु आवका लागि सरकारले सुरुमा १४ खर्ब २२ अर्ब ५४ करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । गत माघमा बजेटको अर्धवार्षिक समीक्षा गर्दै सरकारले राजस्व सङ्कलनको सुरु लक्ष्य संशोधन गर्दै ११ खर्ब ७१ अर्ब ४० करोड रुपियाँ राजस्व सङ्कलन हुने अनुमान गरेको थियो । जसमध्ये १० खर्ब ६४ अर्ब ३३ करोड कर राजस्व र एक खर्ब सात अर्ब रुपियाँ गैरराजस्व सङ्कलन हुने संशोधित लक्ष्य छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले शुक्रबारसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । जसमध्ये सात खर्ब ७० अर्ब ४९ करोड रुपियाँ कर राजस्व र ८६ अर्ब ५७ करोड रुपियाँ गैरकर राजस्व राजस्व रहेको छ ।

संशोधित लक्ष्य अनुसार आवका बाँकी समयमा सरकारले तीन खर्ब १४ अर्ब ३४ करोड रुपियाँ राजस्व सङ्कलन गर्नुपर्ने हुन्छ । चालु आव सकिन ५० दिन बाँकी रहेकाले संशोधित लक्ष्यको बाँकी र अवधिको अनुपातका हिसाबले सरकारले दैनिक छ अर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन गर्नुपर्ने देखिएको हो ।

चालु आवमै सरकारले गत आवको संशोधित लक्ष्यको तुलनामा ४० प्रतिशतभन्दा बढी राजस्व सङ्कलनको लक्ष्य बढाएको थियो । आर्थिक गतिविधि सोही अनुसार बढ्न नसक्ने देखेपछि बजेटको अर्धवार्षिक समीक्षामार्फत त्यस्तो लक्ष्य सवा दुई खर्बले घटाइएको थियो ।

त्यसरी लक्ष्य घटाउँदा पनि राजस्व सहजै पूरा हुन सक्ने अवस्था देखिएको छैन । लक्ष्य अनुसार राजस्व सङ्कलन नहुने देखिएपछि सरकारले आगामी आवको बजेट वक्तव्यमा पुनः संशोधित लक्ष्य प्रस्तुत गर्ने छ ।

राजस्व सङ्कलनको लक्ष्य बढी राख्ने तर सो अनुसार सङ्कलन नहुने भएपछि सरकारले अर्धवार्षिक समीक्षा र बजेट वक्तव्यमार्फत घटाउने प्रवृत्ति जस्तै बन्न थालेको छ । जसले गर्दा कतिपय प्राथमिकता प्राप्त आयोजनाकै लागि स्रोतको समस्या पर्ने र वित्तीय हस्तान्तरण भएर जाने राजस्वसमेत प्रभावित हुने अवस्था देखिन थालेको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार