असार १७, २०८१ सोमबार July 1, 2024

दलभित्र मेरो र आफ्नो मान्छे खोज्ने परिपाटी अन्त्य हुनुपर्छ : एमाले उपाध्यक्ष, अष्टलक्ष्मी शाक्य (अन्तवार्ता)

राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धि रक्षाका लागि एमाले प्रतिबद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र समृद्ध तुल्याउन यहाँको सुझाव वा सन्देश के छ रु त्यसमा यहाँको भूमिका के हुन्छ ?

सङ्घीयता, लोकतन्त्र र गणतन्त्रप्रति दृष्टिकोण स्पष्ट हुनुपर्छ । सांस्कृतिक रूपान्तरण, मुलुकको विकास निर्माणमा सात प्रदेशको व्यवस्था गरिएको छ । हामीले संविधानमार्फत गरेको व्यवस्थाप्रति राजनीतिक दल र आमनागरिकको सकारात्मक दृष्टिकोण हुनुजरुरी छ । संविधानले गरेको व्यवस्थालाई नयाँ ढङ्गले व्याख्या गर्न पनि मिल्दैन । नेपालको संविधानले तीन तहको सरकारको व्यवस्था गरेको छ । बरु स्थानीय तहमा ध्यान अलि गएको छ, तर प्रदेशलाई खास ध्यान दिएको देखिँदैन । तीन सरकारलाई मिलाएर लैजानुपर्छ । संविधानमा तोकेको अधिकार पनि प्रदेशलाई दिएको अवस्था छैन । यस्तो भयो भने प्रदेश कमजोर हुन्छ । सङ्घीयतालाई बलियो बनाउनका लागि तहगत अधिकार तत् ठाउँमा दिनुपर्छ । जुन संविधानमै व्यवस्था गरिरहेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण भनेका छौँ । त्यो भनेको दृष्टिकोण हो । सामाजिक न्याय स्थापित गर्नका लागि प्रस्ट दृष्टिकोणको अभाव देखिरहेको छु । ठुलो बलिदानबाट आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कमजोर बनाउने गरी काम गर्नु हुँदैन । यो देशको राजनीतिक स्थिरताका लागि काम गर्नुपर्छ ।

सरकारको अस्थिरतासँगै मधेसकेन्द्रित दलहरुमा गठबन्धन अदलीबदली छिटोछिटो हुने र दल विभाजनसम्म हुने गरेको छ, यो शृङ्खला कहिलेसम्म जाला ?

यो प्रक्रिया राम्रो होइन । नेपालको विकास र समृद्धिमा यस्तो परिपाटीले सहयोग गदैन । मुलुकको विकास र अस्थिरताका लागि स्थायी सरकारको जरुरी छ । दलहरु फुटेर होइन जुटेर सहमति र सहकार्य गरे मात्रै मुलुकको उन्नति हुन्छ ।

राजनीतिक स्थिरताका लागि यहाँको दलको भूमिका र कार्यसूची रहन्छ ?

नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को उपाध्यक्षका रुपमा मैले काम गरिरहेको छु । एमालले अहिलेसम्म लोकतन्त्र, संविधान र गणतन्त्रको संरक्षण र समृद्धिका लागि काम गरिरहेको छ । कमीकमजोरी देखापरेको अवस्थामा पनि महसुस गरेर नयाँ रणनीति बनाएर, एकार्कामा सहयोग, सद्भावका साथ अघि बढिरहेको छ । राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धि रक्षाका लागि एमाले प्रतिबद्ध भएर लागेको छ ।

स्रोत र साधनको समानुपातिक वितरण र सुशासनयुक्त सेवा प्रवाह हुन नसकेको भनिन्छ । यसमा सुधार कसरी गर्न सकिन्छ ?

पहिलो कुरा त स्वार्थ छाड्नुपर्छ । स्रोत र साधनको न्यायोचित वितरण गर्न जरुरी छ । कहाँ कुन कुराको अभाव छ । त्यो ठाउँमा त्यो दिन जरुरी छ । प्रदेशहरुमा पनि कुन ठाउँमा के आवश्कता छ । त्यो आवश्यकताअनुसार पहुँच पु¥याउन जरुरी छ ।

मानव विकास सूचकाङ्कमा मधेस प्रदेश पछि परेको छ । यसमा यहाँको के धारणा छ ?

मधेस प्रदेश पछाडि परेको होइन । पछाडि पारिएको हो । हामीले त्यहाँको स्रोत र साधनको उचित परिचालन गर्न सकेनौं । स्वास्थ्य र शिक्षा जस्ता आधारभूत आवश्यकतालाई गुणस्तरीय बनाउन सकेनौँ । स्रोत र साधानको समुचित वितरण तथा चौतर्फी विकास निर्माणका लागि सामूहिक पहलकदमी जरुरी छ ।

गणतान्त्रिक व्यवस्थामा पनि नातावादको गुनासो सुनिन्छ । के यही शैलीमा जाँदा आन्तरिक लोकतन्त्रको अभ्यास अघि बढ्न सक्छ त ?

दलभित्र होस् वा सत्तामा होस् सङ्कीर्णताको समस्या छ । मेरो र आफ्नो मान्छे खोज्ने परिपाटी अन्त्य हुनुपर्छ । अहिले पनि अनावश्यक चलखेल हुने काम भइरहेकै छ । यस्तो तरिकाले हामीले त्यो काम गर्न हुँदैन । स्वच्छता र पारदर्शीता कायम गर्नुपर्छ ।

अन्त्यमा गणतन्त्र दिवसका अवसरमा हजुरलाई केही भन्नु छ ?

मुलुकमा गणतन्त्र स्थापना भएको १७ वर्ष भएको छ । यस अवसरमा सबैलाई हार्दिक शुभकामना व्यक्त दिन चाहन्छु । सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबैको दुःख, कष्ट, ठूलो बलिदानीबाट प्राप्त उपलब्धि हो । यस उपलब्धिलाई हामी सबैले मिलेर संरक्षण र प्रवद्र्धन  गर्नुपर्छ । यसलाई जोगाउन सकियो भने हामी संविधानप्रदत्त अधिकार प्रयोग गर्न सक्छौँ । देशलाई समृद्धिको मार्गमा लैजान सक्छौँ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया