काठमाडौंः आज नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १७ सय ले बढेर १ लाख ४२ हजार २०० कायम भएको छ । त्यस्तै तेजाबी सुन १ लाख ४१ हजार ५०० पुगेको छ।
यसअघि बिहिबार छापावाल सुन प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य घटेको छ। आज तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया