काठमाडौंः आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ सयले घटेर १ लाख ४२ हजारकायम भएको छ। त्यस्तै तेजाबी सुन १ लाख ४१ हजार ३०० पुगेको छ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज तोलामा २५ रुपैयाँले घटेर चाँदी १८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया