असार २९, २०८२ आइतबार July 13, 2025

बजेटमा ‘जनयुद्ध’ को रङ देखिएको ओलीको आरोप

एमाले सांसदलाई बजेटको सकारात्मक र नकारात्मक दुवै पाटो केलाएर संसद्मा प्रस्तुत हुन निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः सत्तारूढ प्रमुख दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा माओवादी ‘जनयुद्ध’ को रङ दिएको भन्दै आलोचना गरेका छन् । त्यही कारणले बजेट माओवादीतिर ढल्केको उनको आरोप छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्को दुवै बैठकमा प्रस्तुत गरेको बजेटलाई ओलीले ‘अन्योलग्रस्त’ र ‘गम्भीर त्रुटि’ भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार समाजवाद उन्मुख बजेट ल्याउन सफल भएको भन्दै यसको पक्षमा दृढतापूर्वक उभिन माओवादी सांसदहरूलाई निर्देशन दिएका छन् । उता, ओलीले एमालेका सांसदलाई समर्थन र आलोचना गर्न निर्देशन दिएका छन् । बजेटमा एमालेले अस्वीकार गर्दै आएको माओवादी ‘जनयुद्ध’ लाई सम्बोधन गरेको भन्दै ओलीले आलोचना गरेका हुन् । यसअघि सशस्त्र संघर्ष प्रयोग गर्दै आएकोमा यस पटक बजेटका २ नम्बर बुँदामा २००७, २०४६ को आन्दोलन, २०६२/६३ को जनआन्दोलनसँगै २०५२ को ‘जनयुद्ध’ शब्द प्रयोग भएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, आर्थिक सहायता र पुनःस्थापनाका लागि शान्ति कोष स्थापना गर्न १ अर्ब विनियोजन भएको छ । बजेटमा सशस्त्र द्वन्द्व, जनआन्दोलन तथा अन्य आन्दोलनमा घाइते र अपांग भएकालाई प्रदान गरिँदै आएको जीवन निर्वाह भत्तालाई निरन्तरता दिइएको छ । गठबन्धन सरकारका तर्फबाट अर्थमन्त्री पुनले ल्याएको बजेटलाई माओवादीतर्फ ढल्किएको भन्दै ओलीले आलोचना गरेका हुन् ।

ओलीले एमाले सांसदलाई बजेटको सकारात्मक र नकारात्मक दुवै पाटो केलाएर संसद्मा प्रस्तुत हुन निर्देशन दिएका छन् । शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारूढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको ओलीको आरोप छ । बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको भन्दै उनले बजेट निर्माणको प्रक्रियामा नै कमीकमजोरी गरेकाले योजना कटौती भएको भए प्रश्न गर्न निर्देशन दिए ।

‘दफावार हिसाबले नजाँदा पनि यो बजेट सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर, छलफल गरेर आएको भए धेरै राम्रो हुन सक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो भन्ने देखिन गएको छ,’ ओलीको भनाइ थियो । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार