असार २९, २०८२ आइतबार July 13, 2025

मोदी नेतृत्वको गठबन्धनलाई प्रस्ट बहुमत

प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रो पटक सत्ता सञ्चालनका लागि जनअनुमोदन प्राप्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ २४ गते ।भारतको लोक सभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको ‘राष्ट्रिय लोकतान्त्रिक गठबन्धन’ (एनडिए) लाई प्रस्ट बहुमत प्राप्त भएको छ । बुधबार बिहान १:३० बजेको मतगणना परिणाम अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रो पटक सत्ता सञ्चालनका लागि जनअनुमोदन प्राप्त भएको हो ।

मत परिणाम अनुसार एनडिएले कुल ५४३ सिटमध्ये २९४ सिटमा जित हासिल गरेको छ । विपक्षी भारतीय राष्ट्रिय कङ्ग्रेस नेतृत्वको ‘भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन’ (इन्डिया) ले २२३ सिटमा जित हासिल गरेको छ । अब मात्र नौ सिटको परिणाम आउन बाँकी छ । परिणाम घोषणा भएका मध्ये १७ सिटमा अन्य केही साना दल र स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । केही प्रदेशमा अपेक्षाभन्दा राम्रो नतिजा प्राप्त नभएकाले भाजपालाई निर्वाचनपूर्व गरिएका ‘एक्जिट पोल’हरूले देखाए झैँ एकल बहुमत भने जुटेन ।

भारतीय जनता पार्टीले प्रस्ट बहुमत ल्याउने अपेक्षाका बिच राजनीतिक विरासत र भारतीय लोकतन्त्रको इतिहास बोकेका नेता राहुल गान्धी नेतृत्वको ‘इन्डिया’ गठबन्धनले निर्वाचन परिणाममा व्यापक सुधार गरेपछि प्रधानमन्त्री मोदीको चाहनामाथि धक्का लागेको छ ।

मोदीको तेस्रो जित 

भारतका प्रधानमन्त्री मोदीले वाराणासीबाट तेस्रो पटक विजयी हुनुभएको छ । उहाँ तेस्रो पटक प्रधानमन्त्री निर्वाचित हुनुभएमा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको तीन कार्यकालसँग बराबरी गर्नुहुने छ । भारतमा लोकतन्त्र प्राप्तिपछि तत्कालीन प्रधानमन्त्रीद्वय इन्दिरा गान्धी र मनमोहन सिंह दुई पटक प्रधानमन्त्री बन्नुभएको थियो । त्यसपछि मोदीले दुई कार्यकाल सम्हाल्नुभएको छ ।

उहाँलाई तेस्रो कार्यकालका लागि विहारका मुख्यमन्त्री नीतिशकुमार नेतृत्वको जनता दल एकीकृत र चन्द्रबाबु नाइडुको तेलगु देशम पार्टीको ३० सिटको साथ लिनुपर्ने हुन्छ । भारतका प्रधानमन्त्री मोदीले एनडिए गठबन्धनलाई जितका लागि प्राप्त जनमतप्रति धन्यवाद दिनुभएको छ । उहाँले भारतको इतिहासमा अभूतपूर्व क्षण भएको बताउँदै मतदातामा धन्यवाद व्यक्त गर्नुभएको छ ।

मोदी नेतृत्वको गठबन्धनले सन् २०१४ मा ३३६ सिटमा जित हासिल गर्दा भाजपा एक्लै २८२ सिटमा विजयी भएको थियो । सन् २०१९ मा भाजपाको ३०३ सहित गठबन्धनले ३५२ सिटमा विजय हासिल गरेको थियो । कङ्ग्रेस नेता राहुल गान्धीले निर्वाचनपछि प्रतिक्रिया दिँदै अझै मेहनत गर्नुपर्ने बताउनुभएको छ । भाजपा नेता सुधान्सु त्रिवेदीले गठबन्धनले अपेक्षाकृत नतिजा नआए पनि गठबन्धनले जित हासिल गरेकाले मोदी नेतृत्वमै सरकार बन्ने बताउनुभएको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार