श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नेप्से ५ अंकले घट्यो, कारोबार रकम ४ अर्ब

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले घटेको छ। नेपाल स्टक एक्सेचन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन नेप्सेमा कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको १९ करोड ३ लाख ७९ हजार ५७६ रुपैयाँको कारोबार भएको छ ।

बुधबार भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र माई खोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, ९.८३ प्रतिशत र ९.६५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा बढी अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.५१ प्रतिशतले घटेको छ ।

कुल ३०६ कम्पनीको ८० लाख ४२ हजार ७६७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार ४९२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार